१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

कृषक दिवस : देवानगञ्जका बीउ उत्पादक कृषकलाई गुणस्तरीय बीउ उत्पादनको लागि प्राविधिक ज्ञान प्रदान

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, आश्विन १५, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । मुल, प्रमाणित, उन्नत बिउ प्रदर्शन प्लटमा भन्ने नारा सहित कृषी ज्ञान केन्द्र सुनसरीको आयोजना र JICA Technical Cooperation Project को प्राविधिक सहयोगमा देवानगञ्जमा कृषक दिवस सम्पन्न भएको छ।

दिवसको अवसरमा बीउ उत्पादन, आपुर्ती तथा गुणस्तरीय नियंत्रण प्रणाली सुदृढीकरण परियोजना, झुमका, सुनसरीको (तरिका प्रदर्शन कार्यक्र) गरी सम्पन्न भएको हो ।

देवानगञ्ज गाउँपालिका – २, देवानगञ्ज स्थित शंकर खाध बीज भण्डारले नयाँ तरिका र कृषकहरुको परम्परागत तरिकाले लगाएको स्वर्ण सब १ धानको जात प्रमाणित उन्नत उत्पादन हुने बीउ २०८० जेष्ठ १९ गते नुन पानीले बीउ छानी बीउ राखेको दिन देखि आज सम्मको प्रगतिको बारेमा धान प्लटमा गएर स्थलगत अनुगमन गरी कृषकहरुलाई परम्परागत तरिका र नयाँ तरिकाको फाईदा र बेफाईदाको बारेमा जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केंद्र सुनसरीका प्रमुख निलकमल सिंहले परियोजनाको लक्ष्य, लक्ष्ति क्षेत्र, कार्यान्वयन गर्ने निकाय, गुणस्तरीय बीउको फाईदाको बारेमा जानकारी गराएका थिए। बीउ उत्पादक कृषकहरुलाई गुणस्तरीय बीउ उत्पादनका लागि प्राविधिक ज्ञानको बारेमा बताउनु भयो । रासायनिक विषादीको प्रयोगलाई कम गराई बाली संरक्षणको लागी स्थानीय बानस्पतिक विषादीको प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक रहेको समेत जानकारी गराउनु भयो ।

स्वास्थ्य उत्पादन गर्न र स्थानीय स्तरमा रहेका कृषि प्राविधिकको कमीलाई पूर्ति गर्न यस्ता कार्यक्रमहरू स्थानीय सरकारले नियमित रूपमा आफ्नो नीति तथा कार्यक्रममा राखी वडा वडामा सञ्चलन गर्न आवश्यक रहेको समेत बताउनु भयो ।

कोशी प्रदेशका निर्देशक प्रकास कुमार डाँगीले धान बालीको गुणवत्तामा सुधार ल्याउनको लागि जापान सरकार र नेपाल सरकार बिच भएको ५ बर्ष सम्म चल्ने परियोजना अन्तर्गत कुन धानको बीउ राम्रो हुने, कुनले उत्पादन बढी दिने, कस्तो उत्पादनको तरिका अप्नाउने बारेमा जानकारी गराएका थिए । बीउ उत्पादक र उपभोक्ताले एक अर्कालाई न छली एक अर्का बिच सुमधुर सम्बन्ध राखी उब्जाउमा बृद्धि गर्न तर्फ अग्रसर भई लाग्नु पर्ने जोड दिनुभयो । गुणस्तरीय बिउ भए पछि मात्रै किसानले राम्रो उत्पादन गर्न सक्ने भएकोले बिउ उत्पादनमा ध्यान दिनु पर्ने बताएउनु भयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि देवानगञ्ज गाउँपालिका उपाध्यक्ष कुमारी बिभा यादवले आफू सधैं किसानहरूको हित हुने पक्षमा कार्य गरिरहेको बताएका थिए । सुनसरी जिल्लामा कृषिको पकेट क्षेत्र मानिने देवानगञ्ज गाउँपालिकामा यस्तो किसिमको प्रविधि प्रयोग गरि धान उत्पादनमा वृद्धि गर्न सकिन्छ भन्ने कुराले आफु निकै खुसी भएको बताउनु भयो । आगामी दिनमा पालिकाले गर्नु पर्ने सहयोग गर्न आफु तयार रहेको बताउँदै कृषकहरुको सहजताको लागि पालिकाले सुखी किसान देवानगञ्जको पहिचान अन्तर्गत बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बारेमा समेत जानकारी गराउनु भयो ।

कार्यक्रममा कृषि क्षेत्रमा काम गर्ने बिभिन्न निकयका पदाधिकारी लगायत स्थानीय कृषकहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]