१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

कोशी प्रदेश राज्य मंत्री रामप्रसाद मेहता सम्मानित

Logo
जयकृष्ण यादव प्रकाशित सोमबार, आश्विन १५, २०८०

हरिनगर । सुनसरीको इनरुवा नगरपालिका २ स्थित बाल मन्दिर माध्यमिक विधालयले कोशी प्रदेश उधोग, कृषि तथा सहकारी राज्य मन्त्री रामप्रसाद महतोलाई सम्मान गरेको छ ।

विधालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र मेहता र प्रधानाध्यापक सत्य नारायण महतो सहितकाले प्रदेश राज्य मन्त्री महतोलाई सम्मान गर्नु भएको छ ।

विधालयले एक कार्यक्रमको आयोजना गरी विधालयका चन्दादाता, बिकास प्रेमी नेता एवम् सुनसरीको प्रदेश २ (ख) सभा सदस्य हुदै हालै कोशी प्रदेश राज्य मन्त्रीको जिम्मेवारी पाउनुभएको भन्दै दोसल्ला, सम्मान पत्र, खादा, फुलमाला सहित महतोलाई सम्मान गरेको विधालयले जनाएको छ ।

सम्मानित राज्य मन्त्री महतोले विधालय शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी समेतलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

 

प्रदेश राज्य मन्त्री रामप्रसाद महतोलाई सम्मान गर्ने कार्यक्रममा पूर्व प्रधानाध्यापक तेज नारायण मेहता, जनता मावि सिगियाका प्रधानाध्यापक धनिकलाल मेहता, विधालय व्यवस्थापन समिति महासंघ इनरुवा अध्यक्ष जयकृष्ण यादव, विधालयका शिक्षकहरु, विधालयका व्यवस्थापन समिति सदस्य, शिक्षक अभिभावक संघको पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

यसैबीच सोेमबार नै उद्योग बाणिज्य संघ इनरुवाले राज्यमन्त्री रामप्रसाद मेहतालाई सम्मान गरेको छ । संघका अध्यक्ष बीरेन्द्रकुमार साहको अध्यक्षतामा अभिनन्दन तथा सम्मान र अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री रामप्रसाद मेहतालाई सम्मान गरेको हो ।

 

उद्योग वाणिज्य सङ्घ र व्यापारीहरुद्वारा सम्मान कार्यक्रममा राज्यमन्त्री महतोले आफूले सकेसम्म उद्योग, कृषि तथा सहकारीको विकासमा र पक्षमा काम गर्ने वाचा गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]