१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

पालिका उपाध्यक्ष कुमारी बिभा यादवले गरिन् बिद्यालयको अनुगमन

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, आश्विन १५, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको उपाध्यक्ष कुमारी बिभा यादवले विद्यालयमा सञ्चालित बालविकासको अनुगमन गरिएको छ ।

देवानगञ्ज – २ स्थित रहेको श्री माध्यमिक विद्यालय देवानगञ्जमा रहेको बालविकासको अनुगमन गरिएको हो ।

सञ्चालित बालविकासको अवस्था सुधार, समस्या समाधान र गुणस्तरीय शिक्षा प्रदान गरिएको वा नगरिएको बारे जानकारी लिन एवं बिद्यार्थीलाई दिईने खाजा पाउने स्थानको सरसफाई, गुणवत्ता अनुगमन गरिएको उपाध्यक्ष यादवले जानकारी दिनुभयो ।

किसान दिवसको अवसरमा बिद्यालय प्राङ्गणमा आयोजना गरिएको एक कार्यक्रमा सहभागी हुन पुगेको उपाध्यक्ष यादवले विद्यालयको अनुगमन समेत गर्नु भएको थियो । बिद्यालयको शिक्षण सिकाइको अवस्था, भोैतिक र प्रसासनिक अवस्थाको बारेमा जानकारी लिँदै कमि भएको पक्षलाई क्रमशः सुधार गर्दै लैजान निर्देशन दिनुभयो।

नमो अनलाईन डट कम सँगको कुराकानीमा उपाध्यक्ष यादवले आफू राजनीतिमा आउनु भन्दा पहिले शिक्षक पेशामै आबद्ध रहेकोले बिद्यालयमा हुने गरेको समस्याहरुको बारेमा अवगत रहेकोले त्यस तर्फ बारम्बार कार्यपालिका बैठकमा आवाज उठाई रहेको बताउनु भयो। शिक्षा क्षेत्रको विकासमा आफु सदैव अग्रसर रहेकोले म बाट हुने सबै खाले सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।

पालिकाले गरेको शिक्षक सरुवा पछि उक्त बिद्यालयको प्रअको कमाण्ड अरविन्द कर्णले सम्हाले पछि व्यवस्थापकिय पक्षमा सुधार हुँदै गएको देखिन्छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]