०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

धर्मगुरु आचार्य श्रीनिवास सुनसरीबाट पक्राउ

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, आश्विन १६, २०८०

ईनरुवा । सार्वजनिक कार्यक्रमबाटै धार्मिक द्वन्द फैलाउने खालका उत्तेजक अभिव्यक्ति दिने धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । उनलाई प्रहरीले सुनसरीको चक्रघट्टीबाट  नियन्त्रणमा लिएको हो ।

उनले केही दिन अगाडि धार्मिक तथा साम्प्रदायिक द्वन्द भड्काउने खालको अभिव्यक्ति दिएका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । सार्वजनिक स्थलमा हतियारसमेत प्रदर्शन गर्दै बोलेका उनले गाइ काटेका कसैलाई देखेमा खुकुरी लगेर काट्न भनेको थिए ।

त्यसरी मान्छे काटे वापत जेल परेमा दश वर्षसम्म पाल्ने भनाइ उनको थियो । भिख मागेर भए पनि त्यस्ता व्यक्तिका परिवार र बालबच्चासमेत आफूले पाल्ने उनले दाबी गरेका थिए । गाइ काट्नेको गला काट्न भन्दै उनले बोल्दा भीडले हुटिङ गरेको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]