१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

हरिनगरमा सि सि क्यामरा जडान गरिने : अध्यक्ष अंसारी

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, आश्विन १७, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाले दिनहुँ बढ्दै गई रहेको सडक दुर्घटनामा कमी ल्याउन तथा निगरानी राख्नका लागि सडक छेउ सि सि क्यामरा जडान गर्ने भएको छ ।

सडकमा सवारी साधनहरुको गति नियन्त्रण , सवारीसाधनहरुको नम्बर प्लेट चिन्हित गर्न , गाडी पहिचान गर्न , जिप , कार ,मोटरसाइकल ,वा टिपर लगायत सबै गतिबिधी दिउँसो र राती समेत रेकर्ड गरिने खालको एटोमेटिक नाईट भिजन सि सि क्यामरा जडान गर्न लागिएको अध्यक्ष गफार अन्सारीले नमो अनलाईन सँगको कुराकानीमा बताउनु भयो ।

गाउँपालिका भित्र पर्ने हुलाकी सडक लाई पहिलो प्राथमिकतामा राखि रामनगर भुटाहा बजारको हनुमान मन्दिर , शिव मन्दिर , हरिनगराको शिव मन्दिर, भुटाहा घुस्की सडक खण्ड , हरिनगर गाउँपालिकाको कार्यालय छेउ लगायतको ठाउँहरुमा पहिलो चरणमा राखिने भएको छ । विस्तारै हरिनगर बजार र घुस्की बजारमा समेत राखिने योजना रहेको अध्यक्ष अन्सारीले बताउनु भयो । पालिका अध्यक्ष अन्सारी , जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी कृष्ण भण्डारी र प्रावधिक टोलीले क्यामरा राख्ने ठाउँको बुधबार स्थलगत निरीक्षण गरेका छन् । बिहिबार देखि नै सि सि क्यामरा जडान हुने पालिकाले जनाएको छ ।

स्थानिय प्रहरी निकायले क्यामराको कन्टोल गर्ने गरी जडान गर्न लागिएको सि सि क्यामराले यस क्षेत्रमा हुने चोरी , तस्करी मा समेत नियण्त्रं गर्न सकिने योजना रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]