१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

सांसद भगबती चाैधरीकाे माग : इजरायलबाट नेपाली विद्यार्थी र नागरिककाे तत्काल उद्दार गरियोस्

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, आश्विन २२, २०८०

बिराटनगर । इजरायलबाट नेपाली विद्यार्थी तथा नागरिककाे तत्काल उद्दार गर्न सांसद भगबती चाैधरीले सरकार समक्ष माग गरेकी छन्र । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भइसकेकाे अवस्थामा इजरायलमा बंकरभित्र ज्यान जाेगाएर बसिरहेका नेपाली विद्यार्थी र नागरिककाे जीवन रक्षाका लागि कुनै पहल नगरेकाेमा आश्चर्य ब्यक्त गर्दै प्रतिनिधि सभा सदस्य चाैधरीले तत्काल उच्चस्तरीय कुटनीतिक पहल गरी उद्दार गर्न माग गरेकी हुन् ।

साेमबार सामाजिक सञ्जालमा लेख्दै चाैधरीले ३ दिन देखि इजरायलका बंकरहरूमा ज्यान जाेगाउन संघर्षरत नेपालीकाे उद्दारका लागि राज्यले कुनै पहल गर्न नसक्नु दुखःद भएकाे पनि जनाएकी छन् । ‘नागरिक संकटमा परेको बेला त्यसमाथि विदेशमा रहेका नागरिकमाथि कुनैपनि संकट आइपर्दा राज्यले काँध थाप्नुपर्नेमा बर्तमान गठबन्धन सरकार मुकदर्शक बनिरहेको छ ।’ सांसद चाैधरीले भनेकी छन् ।

संसदमा परराष्ट्र मन्त्री एनपी साउदले हमासको आक्रमणमा नेपाली नागरिक हताहत भएको जानकारी गराएपनि नेपाली नागरिकको स्वास्थ्य उपचार र उद्दारका लागि कुनै ठोस पहल गरेको जानकारी दिन नसकेकाे उल्लेख गर्दै चाैधरीले विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सबाट तलब खाने राज्य संयन्त्र उनीहरु विपतमा परेको बेला मुकदर्शक बन्न नमिल्ने जिकीर गरेकी छन् ।

 

‘विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सबाट तलब खाने राज्य संयन्त्र उनीहरु विपतमा परेको बेला मुकदर्शक बन्न कदापि मिल्दैन । यदी राज्य छ भने तत्काल उच्चस्तरीय कुटनीतिक पहल गरी इजरायलमा रहेका नागरिकको तत्काल उद्दार गरोस् ।’ उनले घाइतेको सिघ्र उपचारका लागि पहल गर्न पनि माग गरेकी छन् ।

इजरायलमा कृषि सम्बन्धी अध्ययनका लागि गएका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका ३९ जना विद्यार्थी मध्ये १० जनाकाे मृत्यु भइसकेकाे छ । आक्रमणमा कति नेपाली हताहत भए अहिलेसम्म सरकारले यकिन तथ्यांक दिन सकेकाे छैन । प्रधानमन्त्रीले आज अपरान्ह ४ बजे मन्त्री परिषद् बैठक र त्यसपछि सर्वदलीय बैठक बाेलाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]