१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

स्थानीय तहका कर्मचारीहरुको अनिस्चीतकाल पेन डाउन

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, आश्विन २३, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

हरिनगर । १८ बुँदे माग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्दोलनलाई ऐकवद्धता जनाउँदै सुनसरीको हरिनगर गाउँपालिकामा कार्यरत कर्मचारीहरुले अनिस्चीतकाल पेनडाउन गर्ने गरी बिरोध कार्यक्रम गरेका छन् ।

मङ्गलवार कार्यालय खुल्ने समय बिहान १० देखि १२ बजेसम्म आन्दोलनलाई समर्थन जनाउँदै पेनडाउन गरिएको पालिका स्तरीय आन्दोलन संघर्ष समितिका संयोजक मुकेश कुमार राउतले बताए। गाउँपालिकाको विषयगत शाखामा कार्यरत कर्मचारीहरुले कार्यालय प्राङ्गणमा धर्नासमेत दिएका थिए।

१८ बुँदे मागसहितको ज्ञापन पत्रमा संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा वहाल रहेका स्थायी कर्मचारीहरुलाई निजामतिको परिभाषाभित्र समेटिनुपर्ने, तीन वटै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, उमेर हदम्याद हटाउनु पर्ने लगायत माग गर्दै यतिबेला स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित छन्।

संघीय निजामती ऐनले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई विभेद गरिएकै कारण आन्दोलन गर्नु परेको उनीहरुको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]