०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

संघीय निजामती ऐन बिरुद्धको आन्दोलनमा बर्जु गाउँपालिकामा कार्यरत कर्मचारीहरुको ऐकवद्धता

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, आश्विन २३, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । १८ बुँदे माग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्दोलनलाई ऐकवद्धता जनाउँदै सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत कर्मचारीहरुले अनिस्चीतकाल पेनडाउन गरी बिरोध कार्यक्रम गरेका छन् ।

 

मङ्गलवार कार्यालय खुल्ने समय बिहान १० देखि नै आन्दोलनलाई समर्थन जनाउँदै पेनडाउन गरिएको पालिका स्तरीय आन्दोलन संघर्ष समितिका संयोजक बाबुराम कार्कीले बताए। गाउँपालिकाको विषयगत शाखामा कार्यरत कर्मचारीहरुले कार्यालय प्राङ्गणमा कालो पट्टी बाँधेर धर्नासमेत दिएका थिए।

 

१८ बुँदे मागसहित संघीय निजामती ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरिनुपर्ने, संघीय, प्रदेश र स्थानीय सेवाको पदमा वहाल रहेका स्थायी कर्मचारीहरुलाई निजामतिको परिभाषाभित्र समेटिनुपर्ने, तीन वटै तहमा तहगत प्रणाली लागु गरिनुपर्ने, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, उमेर हदम्याद हटाउनु पर्ने लगायत माग गर्दै यतिबेला स्थानीय तहमा कार्यरत कर्मचारीहरु आन्दोलित छन्।

 

संघीय निजामती ऐनले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई विभेद गरिएकै कारण आन्दोलन गर्नु परेको उनीहरुको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]