२६ मंसिर २०८१, बुधबार
11-12-2024 , Wed
×

व्यक्तिगत रिसिबिसीका कारण UCMS भैरवाहाका पिन्सिपल आफ्नै कार्यकक्षमा थुनिए

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, आश्विन २४, २०८०

बिराटनगर । लगातार तिन दिन देखि UCMS भैरवाहाका विधर्थीहरु प्रिन्सिपल लाई मेडिकल कलेज भित्रै कैद गरी बिभिन्न माग राखी आन्दोलनमा छन्।

UCMS मिति २०८० असोज २४ गते बुधवार सुचना जारी गर्दै आन्दोलनरत बिद्यार्थीहरुलाई वार्तामा आउन अह्वान गरेपनि बिधार्थीहरुले प्रिन्सिपललाई कैद मुक्त नगरी आन्दोलनलाई जारी राखेको छ।

यता बिद्यार्थीहरुले व्यक्तिगत रिसिबिसीका कारण प्रिन्सिपललाई थुनिएको आन्दोलन गरिरहेकै एक बिद्यार्थीले नाम न बताउने सर्तमा बताएका छन् । उनका अनुसार ३ बर्ष अगाडि अनुसाशन लाई पहिलो प्राथमिक्तामा राखी कार्य गर्ने डा. लक्ष्मी पाठक प्रिन्सिपल भए देखि कलेजका बिद्यार्थीहरुमाथी बिभिन्न कुराहरुमा प्रतिबंध लगाई प्रसासनलाई चुस्त दुरुस्त गरी निगरानी बढाउदै कडाई गरेकोले अहिले आएर ड्रेस कोडको बहानामा म्याडमलाई थुनिएको बताए ।

परिक्षामा कडाई, बुल्लुथुथ डिभाईसमा प्रतिबन्ध, नियमित र समयमा उपस्थित गराउने प्रयास गरि रहदा केही बिद्यार्थीहरुले व्यक्तिगत रिसिबिसी राखेर अहिले ड्रेस कोडको बहानामा सानो बिषयलाई भिडको सहरा लिएर ठुलो आन्दोलनको रुप दिई म्याडमको राजिनामा माग गरिरहेको बिद्यार्थीहरुकै मुखबाट सुनिन्छ ।

कलेज प्रसासनले बार्तामा बस्न आउन भन्दा पनि न बस्ने कुराले समेत प्रस्ट हुन्छ ।

जायज माग राखी सम्बोधन गराउनु राम्रो हो तर भिडको आड्मा यसरी व्यक्तिगत रिसिबिसी निकालिनु जायज देखिदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ । अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले […]

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]

हरिनगर । सुनसरी स्थित हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट अन्दाजी ४५ वर्षीय देवानगज गाउँपालिका वडा नम्बर – ७ का झल्लु उराँवको घटना स्थलमै मृत्यु भएको छ। घुस्कीबाट हरिनगरा बजार तिर  सिटिजन बैंकको उत्तरपट्टीको सडक हुँदै गई राखेको को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करले उँरावको घटनास्थलमै मृत्यू भएको हो। स्थानीय प्रत्यक्षदर्शीका […]