१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमाका १४० जना चिकित्सकद्वारा सामुहिक राजिनामा

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, आश्विन २५, २०८०

तस्विर : फाईल

बिराटनगर । कोशी प्रदेश स्थिति सुनसरीको धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १ सय ४० जना चिकित्सकले वृत्ति विकासको माग गर्दै सामूहिक राजीनामा दिएका छन्।

विगत ७ वर्षदेखि बढुवा रोकिएको जनाउँदै आन्दोलनमा रहेका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए।

सहप्राध्यापक डा. रिमालले चिकित्सकहरूको मागप्रति मन्त्री बस्नेत अनुदार देखिएपछि बुधबार राजीनामा दिएको बताए।

प्रतिष्ठानका पदाधिकारीबाट आफूहरूको मागप्रति सुनुवाइ नभएपछि आन्दोलनरत १७७ जना चिकित्सक मन्त्री बस्नेतलाई जानकारी गराउन काठमाडौंमा गएको उनको भनाइ छ। १७७ मध्ये १४० जनाले राजीनामा दिएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]