१२ मंसिर २०८०, मंगलबार
28-11-2023 , Tue
×

प्यासन छैन भने ‘चिकित्सा र पत्रकारिता क्षेत्रमा नआउनुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, आश्विन २५, २०८०

तस्विर : फाईल

बिराटनगर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यासन नभएको व्यक्ति सञ्चार क्षेत्रमा नआउन आग्रह गरेका छन् । राजनीतिक दलका नेताहरूमा जस्तै मिडियाले पनि आत्मालोचना गर्नुपर्ने भन्दै उनले प्यासन नभएका पत्रकारले देश र समाज बर्बाद बनाउनेतर्फ सचेत गराए ।

 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासङ्घले बिहीबार काठमाडौँमा गरेको कार्यक्रममा नेपालको मौलिक विविधता, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न मिडियाले ठुलो भूमिका खेल्नुपर्ने बताए । उनले राजनीतिमा जस्तै चिकित्सा क्षेत्र र पत्रकारिता क्षेत्र गम्भीर हुनुपर्नेमा जोड दिए ।

 

‘चिकित्सा र पत्रकारिता क्षेत्रमा प्यासन छैन भने यो क्षेत्रमा नआउनोस् । देश र समाजलाई नकारात्मक बर्बाद बनाउन सक्ने क्षेत्र चिकित्सक र मिडिया क्षेत्र हुन् । प्यासन छैन । श्रीमान् श्रीमती घुम्न जान मन लागेको होला । आफ्नो विशेष समय उपभोग गरिराखेका होलान् । घण्टी आउँछ । बिरामीलाई आपत परको हुन्छ । तुरुन्त उठेर जानुपर्छ । रिस उठेर भयो ? मरे न मरोस् भन्न भयो ? नैतिक जिम्मेवारी हो नि । प्यासन छैन भने किन आउने मेडिकल क्षेत्रमा’, उनले भने, ‘त्यस्तै पत्रकारिता क्षेत्रमा लेख्दिऊँ भनेर काम छैन नि । देश त बिग्रियो नि । मानिसको परिवार ध्वस्त पारिदिने । इज्जतमाथि खेलबाड गरिदिने । राष्ट्रिय एकतालाई कमजोर बनाइदिने । सामाजिक एकतालाई कमजोर बनाइदिने । आवश्यकताको विरुद्ध दुष्प्रचार गर्ने कार्य भयो भने समाज राष्ट्रको अर्थतन्त्र बर्बाद हुन्छ ।’

 

उनले गृहमा भन्दा वास्तवमा मिडियासँग महाडन्डा रहेको जिकिर गरे । पत्रकारिता गलत दिशातिर गयो भने देश बर्बाद हुने उनको भनाइ छ ।

 

‘प्यासन नभएको व्यक्ति पत्रकारितामा आउनु राजनीतिले जस्तै बर्बाद गर्छ । पत्रकारिता क्षेत्र सबैभन्दा बढी अध्ययन गर्नुपर्ने, सबैभन्दा बढी खट्नुपर्ने पेसा हो । पत्रकार बन्दिउँ भनेर हुँदैन । अलिकति इन्ट्रिग्रेटि र प्यासन भएको व्यक्ति पत्रकारितामा आउन म विशेष अपिल गर्छु’, उनले भने ।

यस्तै मन्त्री श्रेष्ठले विगतको तुलनामा पछिल्लो पत्रकारिता खस्किँदै गएकोमा चिन्ता गरे । उनले पत्रकारहरूको चरित्रबारे टिप्पणी गर्दै उनले भने– ‘बैठकबाट निस्कियो, फोन आउँछ । बैठकमा के निर्णय भयो ? प्रधानमन्त्रीले के भन्नुभयो ? तपाईँले के भन्नुभयो प्रश्न आउँछ । को बोलेको पनि थाहा छैन । कस्तो पत्रकारिता भित्र्याएछौँ जस्तो पीडा हुन्छ । यसरी त भएनन् नि । मिडियामा आत्म समीक्षा जरुरी छ ।’

नेपालको पत्रकारिता वरिपरिका देशहरूको हैसियतभन्दा माथि रहेको उनले दाबी गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादीको नामा हिंसात्मक गतिविधि गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार ताप्लेजुङको फुङलिङमा एमाले सचिव योगेश भट्टराईलाई लक्षित गरी भएको आक्रमणलाई लिएर एमालेले आपत्ति जनाएको हो। कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै पहिचानवादीको नाममा भएको अराजक गतिविधि प्रति खेद व्यक्त गरेका छन् । एमाले कार्यकर्ता सवार सवारी […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा सुरु भएको छ । सोमबार दिउँसो १२ः ३० मा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरु, सांसदहरु, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । बैठकमा रास्वपाको मधेश प्रदेश सभापति र महामन्त्री पनि सहभागी भएका थिए । पार्टी स्थापनायता रास्वपाको यो सबैभन्दा […]

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बने राज्य कोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने, गरेकाहरूको पनि पैसा फिर्ता गराउने बताएका छन्। सप्तरीको फत्तेपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आफूसँग पैसा हुँदा पनि उपचारका नाममा राज्यको ढुकुटीतिर आँखा लगाउने गलत परम्परा रोकिनुपर्ने बताएका हुन्। ‘देश टाट पल्टिँदा नेता टाट नपल्टिने भन्ने […]