२८ आश्विन २०८१, सोमबार
14-10-2024 , Mon
×

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

Logo
नमो अनलाईन प्रकाशित शनिबार, आश्विन २७, २०८०

 

प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो ।

मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए ।

तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८(५) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भए ।

सनाखतपछि प्रदेश प्रमुखले भने, ‘माननीय केदार कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको छ । अहिले घोषणा गर्दछु कि माननीय केदार कार्कीको पक्षमा ४७ सदस्यको हस्ताक्षर भएकाले उहाँलाई मुख्यमन्त्री भएको घोषणा गर्दछु ।’

मुख्यमन्त्री नियुक्त भएका कार्की नेपाली कांग्रेसबाट विद्रोह गरेका हुन् । कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेत समर्थन जुटाएर कार्कीले मुख्यमन्त्री दाबी गरेका थिए ।

कार्कीलाई नै समर्थन गरेका कांग्रेस सांसदसमेतको हस्ताक्षरमा माओवादीका आङ्बोले पनि मुख्यमन्त्री दाबी गरेका थिए । तर, बहुमत नपुग्ने भएपछि उनको पक्ष सनाखतमै सहभागी भएन । र, कार्की बहुमतको सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । प्राबिधिक तथा व्यवासायिक शिक्षा र तालिम (TVET) को गुणस्तर सुधारका लागी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारको नेतृत्वमा TVET Board मार्फत कोशी आइल्याब टिमले सकृयता बढाएको छ । सिटिइभिटी तथा प्रदेश सरकारले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी (Appreticeship) तालिमका लागी अघिल्लो बर्षहरुमा आवेदन नै कम पर्ने गरेको समस्यालाई सम्बोधन गर्न कोशी आईल्याब टिमको सकृयतामा दुहबी […]

काठमाडौं। बडादसैं एवं नवरात्रको तेस्रो दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ। घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक […]

विराटनगर । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । हिन्दुधर्मालम्वीहरुले पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी […]