०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

देवानगञ्जमा बजार अनुगमन, अधिकांश पसलमा म्याद गुज्रेको सामान फेला

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, आश्विन २९, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको मुटुको रुपमा मानिएको देवानगञ्ज बजारको पालिका अध्यक्ष बेचनप्रसाद मेहताको निर्देशनमा अनुगमन गरिएको छ ।

सोमबार गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत रामराज पौडेल नेतृत्वको अनुगमन टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश पसलमा दर रेटमा एकरुपता नभएको र म्याद गुज्रेको समान फेला परेको छ ।

चाँडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्रभावकारी बनाउने क्रममा सोमबार सबै सरोकारबालाहरुको सहभागितामा सामूहिक बजार अनुगमन गरिएको हो ।

ईलाका प्रशासन कार्यालय हरिनगरको प्रतिनिधि, उधोग वार्णिज्य संघ, उपभोक्ता संरक्षण मञ्च, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरुले एकसाथ बजार अनुगमन गर्नुभएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनका क्रममा केही व्यापारीहरुले मूल्यसुचि राखेको भएपनि पसलपिच्छे मूल्य फरक रहेको, म्याद सकिएको समान राखेको, क्रेतालाई विलविजक नदिएको, होटल व्यवसायीहरु गुणस्तरीय हिन समान प्रयोग गरेको, किराना पसलमा भारतीय समान बढी बेचिएको, अधिकांश पसलहरु दर्ता नभएको लगायतका समस्या देखिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । म्याद सकिएको समान जफत गरी अनुगमन टोलीले नष्ट गरेको छ भने मूल्यमा एकरुपता गर्न र विल विजक जारी गर्न निर्देशन दिएको छ ।

सरोकारवालाहरुले चाडपर्वमा बढी मात्रामा गुणस्तरहिन र म्याद सकिएको समान विक्रिको जोखिमलाई मध्यनजर गरी बजार अनुगमन गरेको र यसलाई थप व्यवस्थित र प्रभावकारी बजार अनुगमनलाई निरन्तरा दिने जनाएको छ ।

वडा अध्यक्ष जगनरायण मेहताले पसलेहरुलाई कडा चेतावनी दिएका छन्। उपभोक्तालाई ठगेर म्याद सकिएको समान बिक्री गर्नु कतै राम्रो नभएकोले आईन्दा त्यस्तो गरेको पाईएमा कडा कार्वाही गरिने बताएका छन् । उपभोक्तालाई सचेत गर्दै समान खरिद गर्दा गुणस्तरीय र म्याद भएको नभएको चेकजाँच गरेर मात्र खरिद गर्न आग्रह समेत गरेका छन् । यदि कोही कसैले त्यस्तो उपभोक्ता ठग्ने काम गरेको छ भने जानकारी गराउन समेत आग्रह गर्नु भयो ।

यता पालिका उपाध्यक्षकै संयोजकमा अनुगमन गरिने भए पनि काम विषेशले बाहिर रहेको ढिलो अनुगमनमा आउनु भएको बताउनु भयो । उहाँका अनुसार अनुगमनलाई निरन्तरता दिई उपभोक्तालाई ठगिनबाट जोगाउने कार्यमा आफ्नो सदैव साथ सहयोग रहने समेत बताउनु भयो ।

देवानगञ्जमा गरिएको अनुगमन टोलीमा देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी बिभा यादव, वडा अध्यक्ष जगनरायण मेहता, ईलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर महेश भटराई, देवानगञ्जका प्रसासन अधिकृत मचिन्द्र थलङ लिम्वु, स्वास्थ्य शाखा प्रमुख राकेश कुमार मेहता, आयुर्वेद शाखा प्रमुख जिव्छ पञ्जियार, ईलाका प्रसासन कार्यालय हरिनगरमा कार्यरत नायव सुब्बा रामप्रसाद निरौला, खाध्य गुणस्तरीय मन्च इनरुवाका अजय देव, खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक साहयक श्रृजन जोसी लगायत १० जना रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]