१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

गाजाको अस्पतालमा रकेट आक्रमण हुँदा ५०० जनाको मृत्यु

Logo
नमो अनलाईन प्रकाशित बुधबार, कार्तिक ०१, २०८०

तस्विर : फाईल

काठमाडौं । इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसबीचमा इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको दाबी गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको बताएका छन् । आक्रमणको आरोप हमासलाई नै लगाउँदै नेतन्याहुले भनेका छन्, ‘जसले हाम्रा बच्चाको क्रुरतापूर्वक हत्या गर्छन्, उनीहरुले आफ्ना बच्चाको पनि हत्या गर्दछन् ।’

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले अस्पतालमा आक्रमणको दोष इस्लामिक जिहादमाथि लगाएको थियो । उसले भनेको थियो, ‘इजरायलमाथि थुप्रै रकेट प्रहार भएका थिए, त्यसैमध्येको एउटा रकेटले गाजाको अस्पताललाई निशाना बनाइयो । हामीसँग रहेको गुप्त सूचनाका अनुसार अस्पतालमा भएको रकेट आक्रमणका लागि इस्लामिक जिहाज आतंकवादी संगठन जिम्मेवार छ ।’

अल-अहली अल-अरबी  बाप्टिस्ट अस्पतालमा इजरायलको युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए । उक्त आक्रमणमा परी ५०० जनाको मृत्यु भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

भग्नावशेष पन्छाएर शव निकाल्ने क्रम जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ।  इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह ९हमास० बीच गाजामा सुरु भएको चार दिने युद्ध विरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले सोमबार जनाएको छ । इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मंगलबार सकिँदै थियो । कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद […]

गजामा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक छाडेको छ। सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इसराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ। इसराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍याइ अस्पताल लगेको […]

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ । हमासका नेता इस्माइल हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतार मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’ इजरायलले भने यसबारे कुनै प्रतिक्रिया […]