१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

हमासले दुई इजरायली बन्धकलाई छाड्यो

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, कार्तिक ०७, २०८०

तस्विर : फाईल

काठमाडौं । कट्टरपन्थी समूह हमासले थप दुई बन्धकलाई रिहा गरेको छ । दुबै इजरायली नागरिक हुन् ।

रिहा भएका दुबै वृद्ध महिला ७९ वर्षकी नुरित कपुर र ८५ वर्षकी योचेवेद लिफशिट्जलाई उपचारका लाति तेल अविव ल्याइएको छ ।

बीबीसीका अनुसार हमासले मानवीय र स्वास्थ्यका कारण उनीहरुलाई रिहा गरिएको बताएको छ ।

इजरायलले बन्धकहरुको रिहाइका लागि मध्यस्थता गरेको मिश्रसँगै दुबै महिलालाई ल्याउन महत्वपूर्ण भूमिका खेलेको रेडक्रसलाई धन्यवाद दिएको छ ।

इजरायली अधिकारीहरुका अनुसार नुरित कपुरका ८५ वर्षका पति अमीरम र लिफशिट्जका ८३ वर्षका पति ओडेडलाई भने अहिले पनि हमासले बन्धक बनाएको छ ।

७ अक्टोबरमा १४०० भन्दा बढीको ज्यान जाने गरी इजरायलमा आक्रमण गरेको हमासले दक्षिणी क्षेत्रबाट २०० भन्दा बढी मानिसलाई बन्धक समेत बनाएको थियो । उनीहरुमध्ये दुई अमेरिकी नागरिकलाई केही दिन पहिले हमासले रिहा गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ।  इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह ९हमास० बीच गाजामा सुरु भएको चार दिने युद्ध विरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले सोमबार जनाएको छ । इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मंगलबार सकिँदै थियो । कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद […]

गजामा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक छाडेको छ। सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इसराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ। इसराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍याइ अस्पताल लगेको […]

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ । हमासका नेता इस्माइल हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतार मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’ इजरायलले भने यसबारे कुनै प्रतिक्रिया […]