१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

नचनिया प्रिति पासवान माथि धनुषामा जुत्ता, चप्पल प्रहार

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, कार्तिक ०७, २०८०

तस्विर : फाईल

हरिनगर । नचनिया प्रिति पासवान र उनका नचनीय टिममाथि दर्शकहरुले ढुँगामुढा र चप्पल जुत्ता प्रहार गरेको छ ।

सोमबार धनुषाको सबैलामा नाच्न आएकी नचनिया पासवान र उनका नाच टोली उपर मेला हेर्न आएका दर्शकहरुले चप्पल जुत्ता र ढुँगामुढा प्रहार गरेको हो ।

जानकारी अनुसार, पासवानले उच्छृँग डान्स, अश्लिल हाउभाउको डान्सले उत्तेजित भीडले उनीमाथि ढुँगामुढा, चप्पल जुत्ता प्रहार गरेको हो । प्रत्यक्षदर्शीहरुका अनुसार, नाच्ने क्रममा उत्तेजित भीडले उनीमाथि बियरको बोतल समेत प्रहार गर्न थालेपछि उनी स्टेज छाडेर भागेको बताईएको छ ।

यता, ईलाका प्रहरी कार्यालय सबैलाले नियम विपरित अश्लिल प्रकारको नाच नचाउन थालेपछि बन्द गराउन जाँदा झडप उत्पन्न भएको बताए । ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक सुन्दर चौलागाईका अनुसार, उत्तेजित भीडले प्रहरीमाथि समेत ढुँगामुढा गर्दा ३ जना प्रहरी घाईते भएको बताएका छन् ।

नचनियाहरुलाई बचाउने क्रममा प्रहरी घाईते भएको प्रहरी नीरिक्षक चौलागाईले जानकारी दिए । नचनियाहरुमाथि ढुँगामुढा र चप्पल जुत्ता प्रहार गर्न थालेपछि केही नृत्याँगनालाई समेत चोट पटक लागेको हो । उनीहरुलाई सेफ्टी बुथ मार्फत सुरक्षा दिएर भगाएको बताईएको हो ।

विभिन्न ठाउँबाट नाच हेर्न गएका दर्शकहरु, टिकटोकियाहरुले उनीमाथि बियर बोतल, चप्पल जुत्ता प्रहार गरेको थियो । (स्थानीय भाषामा नर्तकीलाई नचनियाँ भने अनुसार नचनिया उल्लेख छ ) न्यूज ब्यूरो बाट सभार ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]