१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

कोशी प्रदेशमा शान्तिपुर्ण दशैं , सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु

Logo
नमो अनलाईन प्रकाशित आइतबार, कार्तिक १२, २०८०

विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा यसपटक दशैंमा तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा मनाइएको छ । विगतको तुलनामा दशैँ शान्तिपूर्ण भएको र कुनै अप्रिय घटना नभएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सामाजिक अपराध नभएको कोशीमा दशैभर सवारी दुर्घटनामा भने १७ जनाको मृत्यु भएको छ ।

ठूला अपराधिक घटना, चोरी डकैटी नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार घटस्थापनादेखि यता कोशी प्रदेशको १४ वटा जिल्लामा १४७ वटा सवारी दुर्घटना भएको छ भने १७ जनाको मृत्यु भएको छ । सम्भावित जोखिम क्षेत्रमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको र चाडपर्व विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएकाले पनि ठूला अपराधिक घटना हुन नपाएको प्रहरी अधिकृतहरुको भनाई छ ।

यस्तै ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार दसैँमा ६ हजार ६२८ वटा सवारी साधनलाई कारवाही गरिएको छ । कारवाही गरिएको सवारी साधनबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कुन–कुन जिल्लामा दुर्घटना भयो ?

सुनसरी र झापाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा गत शुक्रबार तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ५ बजे सुनसरीको दुहबी नगरपालिका–११ स्थित दक्षिणबाट उतरतर्फ जाँदै गरेको को ४ प ९१७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २४ प १७५८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर को ४ प ९१७८ नम्बरको मोटरसाइकल चालक स्थानीय ५० वर्षे अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी शनिबार बिहान साढे २ बजे सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थितमा प्र. १–०२–०४७ प ७७८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटाको शहिदभूमिगाउँपालिका–१ का ४९ वर्षे हरिभक्त राई घाइते भएका थिए । घाइत राईको उपचारका क्रममा धरानस्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी शुक्रबार साँझ ७ बजे झापाको गौरीगंज गाउँपालिका–५ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प ६३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको को २८ प ३०८६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को २८ प ३०८६ नम्बरको मोटरसाईकल चालक मोरङको रतुवामाई नगरपालिका–७ महदेवाका ६० वर्षे कैलाप्रसाद ताजपुरियाको उपचारको क्रममा दमकमा मृत्यु भएको थियो । आवर बिराटनगरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]