१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

मेनुकाकुमारी राजवंशी ५१ हजार रुपैयाँसहित सम्मानित

Logo
नमो अनलाईन प्रकाशित आइतबार, कार्तिक १२, २०८०

विराटनगर । राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशी सम्मानित भएकी छिन् । १९ औं एशियाली खेलकुदको कांस्य पदक जित्ने नेपाली टोलीको नेतृत्व गरेकी राजवंशीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

 

मोरङको कटहरी गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको संस्थाले जहदा गाउँपालिकाकी राजबंशीले खेल क्षेत्रबाट राष्ट्रका लागि योगदान दिएको भन्दै सम्मान गरेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र जीवन विकास समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले राजबंशीलाई नगद र सम्मान पत्र प्रदान गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको […]

बिराटनगर । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल ओमानसँग पराजित  भएको छ । आइतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा ओमानले […]

बिराटनगर । हाल भई रहेको ICC Men’s T20 World Cup 2024 Aisa Qualifier खेलमा नेपाल सेमिफाइनलमा पुगी सकेको छ जसले हामी सवैलाई हर्षित पारेको छ । खेलाडीहरुको उच्च सम्मान गर्दै विश्वकप टि २० क्रिकेट खेलकुदको सेमी फाइनलमा नेपाल राष्ट्रिय टोलीले विजय हाँसिल गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ नोवेल मेडिकल कलेज […]