०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

धनकुटा र उदयपुर जिल्लामा गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन

Logo
नमो अनलाईन प्रकाशित आइतबार, कार्तिक १२, २०८०

हरिनगर । प्रहरीले धनकुटा र उदयपुर जिल्लामा गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

ती जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाएको र प्राकृतिक रूपमा डाँडा पाखामा हुर्केका गाँजाको बोट प्रहरीले नष्ट गर्दै आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो ।

प्रदेश प्रहरीको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ कार्यक्रम अनुसार अवैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान सञ्चालन गरिएको उक्त कार्यालयले जनाएको छ ।

यसै क्रममा शुक्रवार धनकुटाका ३ गाउँपालिकामा ३ हजार वटा गाँजाको बोट फडानी गरिएको छ । इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका एरियाका विभिन्न स्थानहरूमा प्राकृतिक रूपमा डाँडा पाखामा हुर्केका गाँजाको बोट नष्ट गरेको हो ।

प्रहरी टोलीले धनकुटा जिल्लामा करिब ३ हजार वटा गाँजाका बोटहरू फडानी गरी जलाई नष्ट गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसै गरी उदयपुर स्थित इलाका प्रहरी कार्यालय भुटार रौतामाईको प्रहरी गस्ती टोलीले रौतामाई गाउँपालिका-२ ओख्रेनि स्थित पाखा बारीमा रहेको गाँजाको बोट नष्ट गरेको छ । अवैध रूपमा लगाइएका गाँजाका बोटहरू नष्ट गर्ने कार्य निरन्तर रूपमा सञ्चालन गरिने कार्य जारी रहने प्रदेश प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेलाई दिइएको छ। यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएको छ। उनको सरूवा भएसँगै न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। डिआइजी न्यौपाने यसअघि सशस्त्र […]

विराटनगर । जनकपुरबाट वीरगन्ज तर्फ आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको यात्रुवाहक बस राजमार्गको उत्तरतर्फ दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुशील आचार्यले जानकारी दिए । दुर्घटनामा परेर सर्लाही बरहथवा–४ का अकल बहादुर विक, बरहथवा–५ का रुबी बेगम र उनको छोरा मोहम्मद […]

ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले  सङ्कलित भेटी  बैंक दाखिला गरिएको बताउनुभयो । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ । […]