१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

अवैध गाँजा खेती प्रहरीद्वारा फडानी गरी नष्ट

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, कार्तिक १४, २०८०

तस्विर : फाईल

हरिनगर । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ को पहाडी गाउँमा अवैध रूपमा लगाएको लागुऔषध गाँजाको बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

लागुऔषध दुर्व्यसन विरुद्धको अभियान अन्तर्गत अवैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान अनुसार सोमवार वडा नं १ को सुर्यकुण्ड, धिताल बारी लगायतका विभिन्न १६ वटा स्थानहरूमा अवैध रूपमा लगाइएका डाँडा पाखामा हुर्केका करिब ४ हजार ५ सय वटा गाँजाका बोटहरू फडानी गरी जलाई नष्ट गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले जनाए ।

अवैध रूपमा लगाइएका गाँजाका बोटहरू नष्ट गर्ने कार्य निरन्तर रूपमा सञ्चालन हुने लागु पदार्थ दुब्वसनि नियन्त्रणको कार्यमा प्रहरी एक्सनमा काम गर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]