१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

नेपाली क्रिकेट टीमलाई प्रोत्साहन स्वरुप नोवेल मेडिकल कॉलेजले १५ लाख पुरस्कार दिने

Logo
नमो अनलाईन प्रकाशित बुधबार, कार्तिक १५, २०८०

बिराटनगर । हाल भई रहेको ICC Men’s T20 World Cup 2024 Aisa Qualifier खेलमा नेपाल सेमिफाइनलमा पुगी सकेको छ जसले हामी सवैलाई हर्षित पारेको छ ।

खेलाडीहरुको उच्च सम्मान गर्दै विश्वकप टि २० क्रिकेट खेलकुदको सेमी फाइनलमा नेपाल राष्ट्रिय टोलीले विजय हाँसिल गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल, विराटनगरले नेपाली राष्ट्रिय टोलीले विजय हाँसिल भई विश्वकपमा छनौट हुन सफल भएमा नेपाली राष्ट्रिय टोली (अफिसियल सहित) लाई प्रोत्साहन स्वरुप रु १५,००,०००/- (अक्षरुपी रु पन्द्र लाख) पुरस्कार घोषणा गरेको छ । त्यस्तै विश्वकप टि २० छनौटको फाइनल खेलमा समेत विजयी भएको अवस्थामा थप रु ५,००,०००/- (अक्षरुपी रु पाँच लाख) समेत प्रदान गरिने नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाल क्रिकेट संघलाई पत्राचार गरी आधिकारिक रुपमा जानकारी गरेको छ ।

सो पत्रमा नोवेलले नेपाली राष्ट्रिय टोलीलाई शुभकामना साथै नेपाल क्रिकेट संघलाई आजको दिन सम्मको सफलताको लागि हार्दिक बधाई र नेपाली क्रिकेटको सफलताको लागि शुभकामना समेत व्यक्त गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको […]

बिराटनगर । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल ओमानसँग पराजित  भएको छ । आइतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा ओमानले […]

बिराटनगर । हाल भई रहेको ICC Men’s T20 World Cup 2024 Aisa Qualifier खेलमा नेपाल सेमिफाइनलमा पुगी सकेको छ जसले हामी सवैलाई हर्षित पारेको छ । खेलाडीहरुको उच्च सम्मान गर्दै विश्वकप टि २० क्रिकेट खेलकुदको सेमी फाइनलमा नेपाल राष्ट्रिय टोलीले विजय हाँसिल गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ नोवेल मेडिकल कलेज […]