१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

कृषि तथा वन विज्ञान कलेजमा विश्वविद्यालयको नीतिले विद्यार्थी भर्नामा कठिनाई

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, कार्तिक १६, २०८०

हरिनगर । सुनसरीको रामधुनीमा रहेको जीविका कृषि सहकारी क्याम्पसले अघिल्लो शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना गर्न सकेन । सहकारी मोडलमा सञ्चालित कलेजले विएसी एजीका विद्यार्थी पाउन छाडेको हो । विश्वविद्यालयले एक पटक मात्र प्रवेश परीक्षा लिने र अधिकांश विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्दा समस्या बढ्दै गएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको नीतिगत समस्याको कारण सम्बन्धन प्राप्त कलेजहरूमा विद्यार्थी अभाव हुने गरेका छन् । सहकारी कलेजले स्नातक तहको ४ बर्से कृषि विषयमा पठन पाठन गराउँदै आएको छ । वार्षिक ५० जना विद्यार्थी पढाउने अनुमति पाए पनि विश्वविद्यालयको नीतिगत समस्याले एक जना पनि विद्यार्थी भर्ना गर्न नसकिएको कलेजका व्यवस्थापक शिव डाँगीको भनाइ छ ।

२० बिघा जग्गामा फैलिएको जीविका कलेजमा कृषि फार्म, सुविधा सम्पन्न कलेज भवन, व्यवस्थित ल्याब, पुस्तकालय छन् । कलेजमा ६ जना पूर्णकालीन सहित १५ जना प्राध्यापकहरू कार्यरत छन् ।

विश्वविद्यालयले ८ आङ्गिक र ७ सम्बन्धन प्राप्त कलेजबाट कृषि तथा वन विज्ञानको स्नातक तहमा विद्यार्थी पढाउँदै आएको छ । एक शैक्षिक सत्रमा ८ सय ५० जना विद्यार्थी आवश्यक पर्ने भए पनि ६ सय हाराहारी मात्र प्रवेश परीक्षा उत्तीर्ण हुने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको रामधुनीमा रहेको जीविका कृषि सहकारी क्याम्पसले अघिल्लो शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना गर्न सकेन । सहकारी मोडलमा सञ्चालित कलेजले विएसी एजीका विद्यार्थी पाउन छाडेको हो । विश्वविद्यालयले एक पटक मात्र प्रवेश परीक्षा लिने र अधिकांश विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्दा समस्या बढ्दै गएको छ । कृषि तथा वन विज्ञान […]

बिराटनगर । लगातार तिन दिन देखि UCMS भैरवाहाका विधर्थीहरु प्रिन्सिपल लाई मेडिकल कलेज भित्रै कैद गरी बिभिन्न माग राखी आन्दोलनमा छन्। UCMS मिति २०८० असोज २४ गते बुधवार सुचना जारी गर्दै आन्दोलनरत बिद्यार्थीहरुलाई वार्तामा आउन अह्वान गरेपनि बिधार्थीहरुले प्रिन्सिपललाई कैद मुक्त नगरी आन्दोलनलाई जारी राखेको छ। यता बिद्यार्थीहरुले व्यक्तिगत रिसिबिसीका कारण प्रिन्सिपललाई थुनिएको आन्दोलन गरिरहेकै […]

हरिनगर । आज ५९ औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाई रहेका छन् । सोही अवसरमा सुनसरीको हरिनगर गाउँपालिका वडा नं. – ३ गौतमपुर स्थिति रहेको श्री जनता माध्यमिक विद्यालयले भव्य कार्यक्रमको आयोजना गरी हर्सो उल्लासका साथ बालदिवस मनाएका छन् […]