१६ जेठ २०८१, बुधबार
29-05-2024 , Wed
×

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, कार्तिक १७, २०८०

हरिनगर । धनकुटामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

महालक्ष्मी नगरपालिका ५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय रामबहादुर कटुवाल पक्राउ परेका हुन्।

उनीहरूलाई लेगुवाबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो पक्राउ गरेको हो।

घरमा कोही नभएको बेला सोमबार दिउँसो बालिकामाथि बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ। आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जाजरकोट, डोटी र बझाङ केन्द्रविन्दु भएर गएका भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए। पुनर्निर्माणका लागि एकीकृत तथ्यांक संकलन गरिनेछ। विपत् प्राधिकरणको तथ्यांकअनुसार १५ जिल्लामा निजी आवाससँगै सरकारी भवन पुनर्निर्माण गर्नुपर्नेछ।

काठमाडौं । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।

कुनै पनि शुभ कार्य गर्दा सवैभन्दा पहिले भगवान गणेको पूजा गरिन्छ । मंगलाचरणको शुरुवात नै श्री गणेशाय नमः बाट शुरु हुन्छ । भगवान गणेशको पूजा गर्नाले सुख शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ । धन तथा बैभवको हिसावमा मंगलबार शुभ मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ । सुख, […]