१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

जाजरकोट भूकम्पप्रति दु:ख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदी सहयोग गर्न तयार

Logo
नमो अनलाईन प्रकाशित शनिबार, कार्तिक १८, २०८०

तस्विर : फाईल

काठमाडौं । जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् ।

उनले भारत नेपाली जनताको दु:खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ।  इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह ९हमास० बीच गाजामा सुरु भएको चार दिने युद्ध विरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले सोमबार जनाएको छ । इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मंगलबार सकिँदै थियो । कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद […]

गजामा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक छाडेको छ। सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इसराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ। इसराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍याइ अस्पताल लगेको […]

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ । हमासका नेता इस्माइल हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतार मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’ इजरायलले भने यसबारे कुनै प्रतिक्रिया […]