०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

छिमेकी जिल्लाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने कर्णाली सरकारको निर्णय

Logo
नमो अनलाईन प्रकाशित शनिबार, कार्तिक १८, २०८०

तस्विर : फाईल

काठमाडौं । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले जानकारी दिए ।

उनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्थापनालाई तीव्रता दिन सबै स्रोत साधन केन्द्रित गर्ने निर्णय भएको छ ।

यसैबीच आज बिहानै कर्णाली प्रदेश सरकारले पठाएको औषधिसहितको हेलिकोप्टर आज बिहान जाजरकोट र रुकुम पश्चिममा पुगिसकेको छ ।

मुख्यमन्त्री राजकुमार शर्मा पनि भूकम्प प्रभावित क्षेत्रमा पुगेको उनका प्रेस सल्लाहकार शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]