०३ आश्विन २०८१, बिहिबार
19-09-2024 , Thu
×

भूकम्प पीडितलाई प्रदेश सरकारले एक करोड सहयोग गर्ने : मुख्यमन्त्री कार्की

Logo
नमो अनलाईन प्रकाशित शनिबार, कार्तिक १८, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले भूकम्प पीडितको राहत तथा उद्धारका लागि एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मुख्यमन्त्री निवास विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत उपचार, उद्धार तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकबाट आवश्यक मानवीय सहयोग सामाग्री कर्णाली प्रदेश सरकारलाई पठाउने व्यवस्था मिलाइएको र सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनर्स्थापना, पुर्ननिर्माण लगायतका कार्यमा सहयोग पुर्‍याउन कर्णाली प्रदेश विपद व्यवस्थापन कोषमा जम्मा हुने गरी एक करोड रुपैयाँ पठाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

भूकम्प पीडितहरूका लागि कोशी प्रदेश सरकारले आजै एक ट्रक कम्बल, त्रिपाल र म्याटरेस पठाउने तयारी गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । धरानमा करिब २० हजारको सङ्ख्यामा लागुऔषध प्रयोगकर्ताहरू रहेको अनुमान गरिएको छ । स्कुल जाने कक्षा ६ देखी १२ सम्मका विद्यार्थी गलत सङ्गतले दुर्व्यसनमा फस्ने गरेका छन् । आमाहरूले उनीहरूलाई बचाउन सक्ने भएकाले इलाका प्रहरी कार्यालय धरानद्वारा सोमवार आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षक प्रहरी निरीक्षक दिवस कुवर उक्त जानकारी दिएका हुन । धरानमा लागुऔषध दुर्व्यसन […]

हरिनगर । विराटनगर स्थित जुद्ध म्याच फ्याक्ट्री (सलाई उद्योग) का श्रमिक मान बहादुर गुरुङले एक दशकको पारिश्रमिक एकमुष्ट पाइन्छ भन्ने आस मारेका छैनन् । २१ वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहेका उनी बुढेसकालमा पसिनाको मूल्य कुरिरहेका छन् । तेह्रथुमबाट जागिर खान उद्योगमा पुगेका उनी २०३९ साल देखिका स्थायी कर्मचारी हुन् । २०६३ सालमा सुरेन्द्रलाल सुवालले उद्योगको अध्यक्ष […]

हेटौँडा । एक साताअघि हेटौँडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलको कोठामा युवतीको हत्या गरी फरार भएका  समिर खानलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ । होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार भएका हेटौँडा उपमहानगरपालिका-४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पैठानलाई हेटौँडा उपमहानगरपालिका-५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको […]