१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

सुपर ओभरमा ओमानसँग नेपाल पराजित

Logo
नमो अनलाईन प्रकाशित आइतबार, कार्तिक १९, २०८०

तस्विर : फाईल
बिराटनगर । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल ओमानसँग पराजित  भएको छ । आइतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।
सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अबिनाश बोहराको ओभरमा तीन छक्का प्रहार गर्दै ओमानले नेपाल समक्ष सुपर ओभरमा ठुलो चुनौती प्रस्तुत गरेको थियो ।
तर नेपालले सुपर ओभरमा राम्रो ब्याटिङ प्रर्दशन गर्न सकेन । बिलाल खानका अघि नेपाली ब्याटर चल्न सकेनन् ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।
कप्तान रोहित पाडेलको अविजित ५२ रनको इनिङ्समा गुल्सन झाले २५ बलमा ५४ रनको विस्फोटक पाली खेलेका थिए । गुल्सनले २५ बलमा ५ चौका र ४ छक्काको मदतले सो रन बनाएका थिए ।
ओपनर कुशल भुर्तेलले ३१ रन बनाएको इनिङ्समा आसिफ शेखले ६, सन्दीप जोराले १० र कुशल मल्लले ३ रन बनाएका थिए । विवेक यादव १ रनमा आउट हुँदा करन केसी २० रनमा अविजित रहे ।
ओमानका बिलाल खानले ३ तथा आकिब इलियासले २ र जिशान मकसुदले १ विकेट लिएका थिए । नेपाल र ओमान यसअघिनै अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको […]

बिराटनगर । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल ओमानसँग पराजित  भएको छ । आइतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा ओमानले […]

बिराटनगर । हाल भई रहेको ICC Men’s T20 World Cup 2024 Aisa Qualifier खेलमा नेपाल सेमिफाइनलमा पुगी सकेको छ जसले हामी सवैलाई हर्षित पारेको छ । खेलाडीहरुको उच्च सम्मान गर्दै विश्वकप टि २० क्रिकेट खेलकुदको सेमी फाइनलमा नेपाल राष्ट्रिय टोलीले विजय हाँसिल गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ नोवेल मेडिकल कलेज […]