१६ जेठ २०८१, बुधबार
29-05-2024 , Wed
×

अजय देवगनको ‘दीवानगी’ को सिक्वेल बन्ने

Logo
नमो अनलाईन प्रकाशित आइतबार, कार्तिक १९, २०८०

काठमाडौं । बलिउडका चर्चित अभिनेताको रूपमा चिनिँदै आएका अजय देवगनले अहिलेसम्म सय भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन्। फिल्ममा अभिनयलाई प्राथमिकता दिँदै आएका उनी आफ्ना फिल्मको प्रचारप्रसारमा देखिन्छन्।

अजयले अभिनय गरेका पुराना फिल्महरू अझै पनि चर्चामा छन्। बलिउड फिल्मकर्मी पुरानो फिल्मको सिक्वेल बनाएर धेरै आम्दानी गर्दै आएको देखिन्छ।

यसै क्रममा अजयको फिल्म ‘दीवानगी’ को सिक्वेल बन्ने भएको छ। यस फिल्मलाई अनिस बज्मीले निर्देशन गर्नेछन्। निर्देशक अनिस यो फिल्मको कथालाई नयाँ तरिकाले अघि बढाउने योजनामा छन्।

२१ वर्षअघि प्रदर्शन भएको ‘दीवानगी’ लाई दर्शकले निकै रूचाएका थिए। दर्शकले अजयको पात्रलाई निकै मनपराएका थिए।

यस फिल्मको सिक्वेल बन्ने खबर बाहिरिएसँग अजयका फ्यान उत्साहित भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्यु को नयाँ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि  संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ । १३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य […]

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले […]

तिमीमाथि ठुलो भार छ तिमीसँग दुख अपार छ तर जेसुकै होस ; तिमी चै हाँस्न नछोड है !   तिमीलाई रुवाउन खोज्ने हजार छन् तिम्रो खुसि देख्ने एक आध छन् तर जेसुकै होस ; तिमी चै हाँस्न नछोड है !!   तिमीलाई लडाउन चाहनेको संसार छ तिमीलाई डुबाउन खोज्नेको व्यापार छ तर जेसुकै होस ; […]