१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

कोशी प्रदेशसभाबाट स्थानीय सेवा गठन विधेयक सर्वसम्मतिले पारित

Logo
नमो अनलाईन प्रकाशित सोमबार, कार्तिक २०, २०८०

तस्विर : फाईल

बिराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले पारित भएको छ ।

सो प्रस्ताव विनाविभागीय मन्त्री शम्शेर राईले प्रदेशसभा नियमावली, २०७४९पहिलो संशोधन सहित० को नियम ९२ बमोजिम पेश गरेका थियो । यसैगरी, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र आर्थिक वर्ष २०८०र८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ उपसभामुख सृजना दनुवारले निर्णायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको छ ।

सो अध्यादेश विनाविभागीय मन्त्री गणेशप्रसाद उप्रेतीले पेश गर्नुभएको थियो । दुवै मन्त्रीले कर्णाली प्रदेशमा आएको भूकम्पबाट भएको जनधन क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सरकार चुस्तदुरुस्त एवं विधिपूर्वक सञ्चालन हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अध्यादेश अस्वीकृतका लागि प्रदेशसभा सचिवालयमा नेपाली कांग्रेसका भूपेन्द्र राई,नेकपा माओवादी केन्द्रका नारायणबहादुर मगर र नेकपा एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बूले दिएका छन् । निवेदन फिर्ता लिनु भएपछि सो अध्यादेश निर्णयार्थ प्रस्तुत भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]