१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

दुहबी नगरपालिकाका मेयर गच्छादारलाई २५ किलोको माला

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

हरिनगर । सुनसरीको दुहबी नगरपालिकाका मेयर बेद गछदारलाई स्थानीय जनताले २५ किलोको माला पहिरÞ्याउँदै सम्मान गरेका छन् । दुई कार्यकालसम्म मेयरको भूमिकामा देखिएका बेद गच्छदारलाई स्थानीय तहका भौतिक तथा मानविय विकासका लागि निडर अनि हिम्मतका साथ अगाडी बढेर कार्यसफल गरेको भन्दै यो सम्मान गरिएको बताइएको छ ।

दुहबी–६ का बीजी गोयन्काको अगुवाइमा दुहबी–५ स्थिति बजार भित्र नगरपालिकाको २ बिगाहा क्षेत्र भित्र बनेका संरचना हटाएर सार्वजनिक उपदेयताका भवन बनाउने नगर प्रमुख गच्छादको योजनालाई समर्थन र हौसला प्रदान गर्दै सयपत्रीको माला पहिरÞ्याएर सम्मान गरिएको बताइएको छ ।
सडक मापदण्डमा सधै विवादमा आउने र साँघुरो संरचनाकै कारण सडक निर्माण विस्तारमा समस्या आइरहेको थियो । नगरप्रमुख गच्छादार एक्लै भिडेर दुहबीलाई फराकिलो बनाउन अग्रसर भएकाले सम्मान गरिएको गोयन्काले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]