१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

देवानगञ्जमा भव्य कलश यात्रा निकालिदै

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको मुटु मानिने देवानगञ्ज बजार स्थित रहेक श्री श्री १०८ श्री काली मन्दिरबाट काली पुजा, शुभ दिपावली तथा लक्ष्मी पुजाको अवसरमा बिभिन्न झाँकीं सहित यही कार्तिक २३ गते बिहिबारका दिन बिहान ६ बजे भव्य कलश यात्रा निकालिने भएको छ ।

बिगतको भन्दा फरक तरिकाले अघोरी नाच, बिर बजरंगी हनुमान रुप प्रदर्शन, भगवान् शिवको रौद्र रुप प्रदर्शन, राधाकृष्ण झाँकी, श्री गणेश जीको रुप प्रदर्शन सहित भव्य कलश यात्रा निकालिन लागिएको कलश यात्रा समितिका अध्यक्ष संजय साहले बताउनु भयो ।

स्थानिय युवाहरुको सक्रियतामा एक हजार भन्दा बढीको सहभागीमा निकालिन लागिएको कलश यात्रा निकै भव्य, आकर्षक र नौलो हुने कलश यात्रा समितिका सचिव गोपाल गुप्ताले जानकारी गराउनु भयो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]