१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

देवानगञ्ज युथ फेस्टीवलले युवाहरुमा उत्साह जगाउँदै

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, कार्तिक २१, २०८०

तस्वीर:अजय मण्डल/नमो अनलाईन

हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकामा स्थानीय युवाहरुको सक्रियतामा भई रहेको प्रथम युथ फेस्टिवल २०८० ले युवाहरुमा उत्साह जगाएका छन् ।

युवाहरु भित्र रहेको प्रतिभालाई बाहिर ल्याउनको लागि एउटा ठाउँ दिने उदेश्यले स्थानीय युवा रोशन मेहता र पंकज मेहताको दृढइक्षा शक्तिले युथ फेस्टिवल भईरहेको जनाइएको छ ।

कार्तिक १७ गते देखि विधिवतरुपमा उद्धघाटन गरी संचालन भईरहेको युथ फेस्टिवलमा बिभिन्न चरणमा फरक फरक प्रकृतिको कार्यक्रमहरु आयोजना गरिएको छ । जस अन्तर्गत कार्तिक १८ गते देखी २१ गते सम्म मिस्टर एण्ड मिसेज देवानगञ्जको सेमी फिनाले सम्म सम्पन्न भएको छ भने कार्तिक २१ गते देखी २८ गते सम्म युथ टक सो र कार्तिक ३० गते देखी मंसिर १ गते सम्म फुड फेस्टिवल जस्ता कार्यक्रम संचालन गरिने कार्यक्रम संचालक पंकज मेहताले जानकारी दिएका छन् ।

मिस्टर एण्ड मिसेज देवानगञ्ज कार्यक्रमको लागि ६० जना भन्दा बढिले आवेदन दिएको कार्यक्रमको म्यानेजमेन्ट गरेको फेमिलियर इभेन्ट म्यानेजमेन्टका संचालक रोशन मेहताले बताएका छन् । सहभागी भएकाहरु मध्ये प्रथम हुनेलाई २१ हजार, दोस्रो हुनेलाई ११ हजार र तेस्रो हुनेलाई ५ हजार १ सय रुपैया प्रोत्साहन स्वरुप पुरुस्कार प्रदान गरिने छ ।

त्यस्तै देवानगञ्ज गाउँपालिकामा पहिलो पटक गर्न लागिएको फुड फेस्टिवलमा गाउँलाई सहर संग र सहरलाई गाउँ संग जोड्ने मनसायले स्थानीय परिकारहरु बगिया, पुरी तरकारी, ठेकुवा, रोटी चट्नी, दाल भात, खिचड़ी, खिर, अचारको परिकार, तेलहन परिकार, लगायत स्थानीय बिभिन्न जातजातीहरुको खानाको परिकार संगै सहरको परिकारहरु थकाली खाना, बिर्यानी, पिज्जा, बर्गर, म:म, चाउमिन, लगायत अन्य परिकारहरु एकै ठाउँमा राखी फेस्टिवल गर्ने तयारी रहेको मेहताले जानकारी दिनुभयो ।

स्थानीय बिभिन्न जातजाति, भाषाभाषी, धर्म, संस्कृति, रहनसहन, परम्परा, भेषभुषा, कलाको संरक्षण, प्रवर्द्धन साथै युवाहरुको नेतृत्व विकास, शिक्षा क्षेत्रमा दखल, कृषि क्षेत्रमा सहभागीता, लोकसेवामा उपस्थिति, रोजगारमुलक सिकाइ सँगै राजनीति क्षेत्रमा युवाहरुको सहभागीको बारेमा जागरूक्ता ल्याउनको लागि फेस्टिवलको आयोजना गरिएको छ ।

फेमिलियर इभेन्ट म्यानेजमेन्टको डिजाइन, कॉन्सेप्ट र देवानगञ्ज गाउँपालिकाको पुर्ण सहयोगमा संचालन भईरहेको युथ फेस्टिवलको आयोजकको रुपमा अभियान ब्रोडकास्टिङ्ग नेटवर्क प्रालि देवानगञ्ज रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]