१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

साहेवगञ्जमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Logo
अजय मण्डल प्रकाशित बुधबार, कार्तिक २२, २०८०

तस्विर : अजय मण्डल/नमो अनलाईन

साहेवगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका ५ नं. वडा कार्यलयको आयोजनामा नेपालीहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा साहेबगञ्जमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित संघिय सांसद तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री भिम आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले सम्पुर्णमा सुख शान्ति समृद्धिको कामना गर्नु भएको थियो। हाम्रो धर्म, संस्कृति, परम्पराको संरक्षण गर्दै अगाडि बढ्ने कुरामा जोड दिएका थिए । धर्म, संस्कृति हाम्रो पहिचान भएकोले यस्को सबल पक्षहरुको प्रचार प्रसार गरी अन्तरराष्ट्रीय जगतमा पुर्‍याउनु पर्ने बताएका थिए । मैले जितेर जाँदा यस क्षेत्रको बिकासको निमित्त सदैव अग्रसर रहेको समेत बताएका थिए ।

त्यस्तै कार्यक्रमको बिशिष्ठ अतिथि सुनसरी क्षेत्र नं. २ ख बाट निर्वाचित कोशी प्रदेश सभा सदस्य तथा निवर्तमान कृषि राज्य मंत्री रामप्रसाद मेहताले सबै हिन्दू धर्मावलम्बीहरुमा शुभ दिपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए । दिपावली सम्पुर्ण नेपालीहरुको साझा पर्व भएकोले हर्सो उल्लासका मनाउन आग्रह समेत गरेका थिए । एक आपसमा भाईचारा कायम गरी मनाउन समेत आग्रह गर्नु भयो ।

देवानगञ्ज गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष मनोज कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, समाजसेवी, बुद्धिजीवि लगायत स्थानीय वासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]