१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

मोरङ कारागारमा जेलरबाटै रकम अशुली

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, बैशाख २६, २०८०

हरिनगर । मोरङ जिल्लाको विराटनगरमा रहेको मोरङ कारागारका जेलर धु्रवप्रसाद कोइरालाले व्यावसायि तथा कैदिबन्दिहरुबाट रकम लिने गरेको कैदिबन्दिहरले बताएका छन् । मोरङ कारागार भित्र, बाहिरबाट सामान ल्याउने व्यावसायी तथा कैदिहरुलाई जेलर कोईरालाले रकम माग्ने गरेका हुन् ।

कारागार व्यावस्थापन विभागका अनुसार कोहि कैदिबन्दिहरु विरामी भएमा रोग र विरामी अनुसार आफ्नै खर्चमा हस्पिटल जान पाउने प्रावधान रहेको छ । तर मोरङ कारागारमा रहेका १२ जना बन्दिहरुलाई रकम नदिएकै भरमा जेलर कोइरालाले जान दिएका छैनन् । पुर्पक्षका लागि मोरङ कारागारमा रहेका शेहँसा सिध्दिकी (अव्दुल खताव)रफुल मियाँ,दिपक दास,बलबहादुर नेपाल,ओम प्रकाश मण्डल,अक्षय मण्डल,साहिद मियाँ,काजीमान पुरी,शक्ति मण्डल,मो जहाँगिर लगायतले बारम्बार कारागार प्रषाशनलाइ चिठ्ठि पठाउँदा समेत जेलर कोईरालाले कुनै हस्पिटल जान दिएका छैनन् ।

प्रषासनलाइ बारम्बार उपचारका लागि पत्र पठाउँदा समेत जान नदिएको बन्दि ओमप्रकाश मण्डलले बताए । उनका अनुसार आफुले चाहेको हस्पिटलमा उपचार गर्न जाने प्रबन्ध मिलाइदिए बापत जेलर ध्रुवप्रसाद कोईरालाले रकम माग गर्ने गरेका छन् , उनि बताउँछन् । जेलर कोईरालाले विराटनगरका प्राईभेट हस्पिटलहरुमा बन्दिहरुलाइ उपचारका लागि मोटो रकम लिएर पठाउने गरेका छन् । तर रकम नहुने र रकम नवुझाउनेहरुलाइ भने कोईरालाले सरकारी हस्पिटलमा समेत पठाउन मान्दैनन् ।

केहिदिन अधि जेलर कोईरालाले मोटो रकम लिएर बन्दि नविन सुवेदिलाइ भने प्राईभेट हस्पिटल पठाउने व्यावस्था मिलाइदिएका थिए । सुवेदि अहिले सम्म नोबेल मेडिकल कलेजमा उपचार गराइरहेका छन् । । तर रकम नबुझाउने बन्दिहरु भने विरामी हुँदा समेत उपचार गर्न जान पाएका छैनन् ।

लागि हस्पिटल नपठाउँदा विरामीहरुको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रदै गईरहेको छ । बन्दिहरुका लागि चाहिने औषधी आधा मात्र पुग्ने गरेको छ । बन्हिरुलाइ चाहिने औषधी नपाउँदा बन्दिहरु थप समस्यामा पुगेका छन् ।

यस विषयमा मोरङ कारागारका जेलर कोइरालाले आफुलाइ थाहा नभएको र यो सरासर गलत भएको बताए । यस विषयमा अन्य जानकारी लिन प्रमुख जिल्ला अधिकारिलाइ सोध्नु, उनले भने, उनि यस विषयमा बोल्न चाहेनन् । त्यसैगरि मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले आफु भर्खरै मोरङ जिल्ला आएका कारण यस विषयमा आफुलाइ थाहा नभएको र यस विषयमा चाँडो भन्दा चाँडो अनुसन्धान गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]