१२ मंसिर २०८०, मंगलबार
28-11-2023 , Tue
×

काठमाण्डौंमा बसेर नभई लक्षित क्षेत्र र वर्गसँग बसेर योजना बनाउन मुख्यमन्त्री कार्कीको आग्रह

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, कार्तिक २४, २०८०

बिराटनगर । राष्ट्रिय योजना आयोगले १६ औं योजनाबारे छलफल सुरू गरेको छ । कोशी प्रदेशबाट बिहीबार देखि सुझाव संकलन थालेको हो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले काठमाण्डौंमा बसेर नभई लक्षित क्षेत्र र वर्गसँग बसेर योजना बनाउन आग्रह गर्नुभयो । उहाँले कोशी प्रदेशको भूगोल,रहनसहन र आबश्यकता त्यहिंका मानिसलाई थाहा हुने भएकाले सहभागितामूलक योजना बनाउन राष्ट्रिय योजना आयोगलाई आग्रह गर्नुभयो ।

कार्कीले सपनाको महलको परिकल्पना गर्ने नभई कार्यान्वयन हुने खालको योजना तयार पार्न आग्रह गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्यलाई लक्षित तरी भौतिक पूर्वाधारको उपयोग गर्न सक्ने जनशक्ती तयार पार्ने खालको योजना बनाउन सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा आरपी विच्छाका अनुसार नेपालमा योजनाहरू बन्ने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य गर्नेगरी १६ औं योजना बनाउन लागिएको छ । विच्छाले भने कार्यान्वयन हुने गरीको योजना बनाउन प्रदेश र स्थानिय तहस्तरमा पनि सुझाव संकलन थालिएको हो । उहाँले कोशी प्रदेशबाट सुरु गरिएको सुझाव संकलन कार्यक्रम सात वटै प्रदेशमा सञ्चालन गरिने छ । विराटनगरमा बिहीबार प्रदेश स्तरको र शुक्रबार पालिका स्तरको सुझाव संकलन कार्यक्रम राखिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीहरू सरोकारवाला संघ संस्था र निकायका पदाधिकारीहरू नागरिक समाजका अगुवाहरू लगायतको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]