१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

धमाधम बन्द हुन थाल्यो टिकटक, केहि इन्टरनेट सेवा प्रदायककमा छिटै बन्द हुदै

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, कार्तिक २८, २०८०

तस्विर : फाईल

हरिनगर ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वर्ल्डलिङ्क’लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै सबै टिकटक बन्द हुने जानकारी दिए ।

इन्टरनेट सेवा प्रदायक र टेलिकम अपरेटर संस्थालाई पत्राचार भइसकेकाले छिट्टै टिकटक बन्द हुने प्राधिकरणको विश्वास छ । टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि खबर गरिएको जनाइएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वर्ल्डलिङ्क’लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै […]

हरिनगर । नेपालमा टिकटक आजदेखि नै बन्द गरिने बताइएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। त्यसपछि आजदेखि नै टिकटक बन्द गर्ने तयारी गरिएको हो। टिकटकले समाजमा नकारात्मक प्रभाव पारेको भन्दै नेपालमा तत्कालाई टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्। […]

काठमाडौं । बलिउडका चर्चित अभिनेताको रूपमा चिनिँदै आएका अजय देवगनले अहिलेसम्म सय भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन्। फिल्ममा अभिनयलाई प्राथमिकता दिँदै आएका उनी आफ्ना फिल्मको प्रचारप्रसारमा देखिन्छन्। अजयले अभिनय गरेका पुराना फिल्महरू अझै पनि चर्चामा छन्। बलिउड फिल्मकर्मी पुरानो फिल्मको सिक्वेल बनाएर धेरै आम्दानी गर्दै आएको देखिन्छ। यसै क्रममा अजयको फिल्म ‘दीवानगी’ को सिक्वेल बन्ने भएको छ। यस फिल्मलाई अनिस बज्मीले निर्देशन […]