१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

हरिबोधिनी एकादशीको अवसरमा वराहक्षेत्रमा लाग्ने मेलाको तयारी तिब्र

मेलामा पाँच लाख भन्दा बढी तीर्थयात्री आउने अनुमान
Logo
नमो अनलाईन प्रकाशित बिहिबार, कार्तिक ३०, २०८०

तस्विर : फाईल

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित प्रसिद्ध तीर्थधाम वराहक्षेत्र मन्दिरमा कात्तिके अर्थात् हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यस वर्ष मङ्सिर ७ गते बिहीबार एकादशीको दिनबाट सुरु भई मङ्सिर ११ गते सोमवार पूर्णिमाको दिनसम्म ५ दिन आयोजना हुने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । उक्त मेला नगरपालिका बनेदेखि वराहक्षेत्र संरक्षण मञ्चले व्यवस्थापन गर्दै आएको छ।

मेलाकालागि बजार, कोसी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानी लगायत उपसमिति गठन गरिएको र मेलाको सम्पूर्ण तयारी समेत पूरा भएको मेला वराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए ।

मेलाकालागि संरक्षण मञ्चले स्वास्थ्यको जिम्मेवारी वराहक्षेत्र उपस्वास्थ्य चौकीलाई, खानेपानीको जिम्मेवारी वराहक्षेत्र मन्दिर खानेपानी समितिलाई, सरसफाइको जिम्मेवारी वराहक्षेत्र वातावरणीय सरसफाइ संस्थालाई, सुरक्षाको जिम्मेवारी प्रहरी चौकी वराहक्षेत्र, इलाका प्रहरी कार्यालय चतरा महेन्द्रनगरलाई, स्वयंसेवकको जिम्मेवारी स्काउट लगायतलाई दिएको संरक्षण मञ्चका अध्यक्ष श्रेष्ठले बताए ।

भक्तहरूका लागि नदीमा सुरक्षित स्नान गर्नको लागि बाँसको बार, उज्यालो कोलागि बिधुत लगाइएको छ । मेलाकालागि बगर सम्याउने, रंङ गाउने, मन्दिर श्रृगार्ने र नियमित सरसफाइ समेत गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । मेलालाई व्यवस्थित र आकर्षित गर्न नगरपालिकाले काम गरी राखेको नगर प्रमुख कार्कीले बताए ।

भारतका रुरुक्षेत्र र कुरुक्षेत्र त्यस्तै नेपालका मुक्ति क्षेत्र र वराहक्षेत्रलाई संसारको चारधामको रूपमा लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तीर्थयात्री आउने गरेका छन् । यस वर्ष मेला भर्न चारदेखि पाँच लाख तिर्थालु मेला भर्न आउने अनुमान गरिएको संरक्षण मञ्चका अध्यक्ष श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]