१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

सिमावर्ती क्षेत्र देवानगञ्जमा मिटरब्याजको धन्धा गर्ने भगत दम्पतीको दोहोरो नागरिकता !

Logo
नमो अनलाईन प्रकाशित आइतबार, बैशाख ३१, २०८०

Pic by Annapurna post

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ मिटरब्याजी अजय भगत र उनका श्रीमती खुश्वु भगतको भारतीय आधार कार्ड र नेपाली नागरिकताको कागजात फेला परेको छ ।

लामो समयदेखि सिमा वर्ती क्षेत्रमा मिटरब्याजको धन्धा चलाउँदै आएका भगत दम्पती दुई देशको नागरिक रहेको पाइएको हो ।

भगतले विहारको विद्यानसभा निर्वाचन नियमावली ४६ नरपतगंज ५ सोनापुर अररिया जिल्लाबाट सबै कागजात बनाएका छन् । उनले सोही ठेगाना उल्लेख गरेर चालक अनुमतिपत्र समेत बनाएका छन् ।

चारजना दाजु भाइमध्ये एकजना अनिल भगत देवानगञ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हुन् । स्थानीयले अनिल भगत पहिलो पटक वडा अध्यक्षमा विजय भएपछि भारत गएर भारतीय नागरिकता रद्द गरेएको बताए पनि वडाध्यक्ष भगतले आफ्नो न रहेको बताएका छन् ।

अन्य दाजुभाइ र श्रीमतीको भारतीय नागरिकता यथावत राखिएको छ । उनले धितोवापत श्रीमतीको नाममा पास गरेको जग्गा आफू खुशी बेच्ने गरेको स्थानीयले बताएका छन्।

उनले सन् २०१३ जुलाई महिनाको ४ तारिकमा डीएल बीआर ३८२०१३००१९१०७ नम्बरको चालक अनुमति पत्र समेत लिएका छन् । उनको विहारको मतदाता संख्या २ सय ३१ रहेको भेटिएको छ ।

सन् २०३० डेसेम्बरसम्मको चालक अनुमति पत्रमा मिति उल्लेख गराएको छ । उनको नेपाली मतदाता संख्या १५२४५७६९ रहेको छ । देवानगंज ३ स्थित रहेको कृष्ण मा. वि. शंकरपुर मतदान केन्द्रमा भएको मतदाता नामावलीमा उल्लेख गरिएको छ ।

उनको पत्नीको समेत दोहोरो नागरिकता रहेको छ । भगतले धितोवापत जग्गा पास गराउँदा पत्नीको नाममा जग्गा पास गराउँदै सावाँ ब्याज बुझाए पनि घितोवापत राखिने जग्गा अरुलाई बेच्ने गरेको पाइएको छ ।

भारतीय मतदाता नियमावलीमा खुश्वुको मतदाता पसिरचयपत्र २ सय ३३ रहेको छ । बुवाको नाममा श्रीमान अजयको नाम उल्लेख गरेकी छिन् ।

अजयले नेपाल र भारत दुवै देश नागरिकता र मतदाता नामावलीमा बुवाको नाममा रामेश्वर भगत नै उल्लेख गरेका छन् । भारतीय स्कार्पीयो चढ्ने भगतले नेपालमा अनुचित रुपमा मिटरब्याजको धन्धाबाट असुली गरेको रकम भारतमा जम्मा गर्ने गरेको पाइएको छ ।

यसअघि उनीमाथि साथीको छोरालाई विदेश पठाउन साहुबाट लिएको ऋणले गर्दा देवानगञ्ज गाउँपालिकाकै एक किसान बेघर बनाएको भन्दै उजुरी जिल्ला प्रशासनमा परेको छ ।

स्थानीय आधा दर्जन परिवारलाई भगतले अनुचित ब्याज जोडेर सावसहित ब्याज लिएपनि घितो वापत राखिएको जग्गा बेचिएको आरोप छ ।

सुनसरीको देवानगंज गाउँपालिका १ का जुगानन्द मेहता गाउँकै साथीको छोरालाई विदेश पठाउन मेहताले खुस्बु देवी भगतको नाममा ९ कठ्ठा ३ धुर जग्गा घितोमा राखेर २ लाख ७५ हजार ऋण लिएका थिए ।

विस २०७१ सालमा मेहता रु ५ रुपैयाँका व्याजदरले भगतसँग लिएको ऋणको सबै सावाँ र ब्याज गरेर सबै रकम २०७४ सालमा नै चुक्ता गरेपनि साहु भगतले जग्गा फिर्ता नगरि बेचेकाले घरवारविहीन बनाएका छन् ।

मिटरब्याजी अजय भगतले पैसा बुझाएपछि पटकपटक जग्गा फिर्ता गर्न आग्रह गरे पनि आलटाल गर्दै २०७८ साल माघ ५ गते दुई किता बनाएर १० लाख ५० हजारमा बेचेको थियो ।

दोहोरो नागरिकता विषयमा अजयसँग सम्पर्क गर्न खोज्दा आफू फोन नउठाइ भाइ विजयलाई बोल्न लगाएका थिए । विजयले अजय भारत गएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]