१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

सरकार विस्तारमा खचपच भए काँग्रेसको एकल सरकार बन्न सक्छ : मुख्यमन्त्री कार्की

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, मंसिर ०५, २०८०

तस्विर : फाईल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारमा खचपच भए काँग्रेसको मात्रै पनि सरकार गठन हुने बताएका छन् ।

सर्वदलीय सरकारको प्रस्ताव अगाडी बढाइरहेका मुख्यमन्त्री कार्कीले त्यसो हुन नसकेमा नेपाली काँग्रेसको मात्रै सरकार हुन सक्ने धारणा सार्वजनिक गरेका हुन् ।

कान्तिपुर पत्रीका सँगको अन्तरवार्तामा कार्कीले सरकार विस्तारमा धेरै खचपच भयो भने काँग्रेसको मात्र सरकार बन्ने र पार्टी भित्र तानातानमा फसेर सरकारको प्रभावकारिता कमजोर नपार्ने बताए ।

कोशी प्रदेशमा बजेट पनि आउन सकेको छैन, कामकारबाही ठप्प छन् । सरकार टिकाउन मात्र ध्यान दिएको देखिँदै छ नि रु भन्ने प्रश्नमा कार्कीले भनेका छन् ,‘मैले सरकार चलाउनका लागि मन्त्री बनाउने, नबनाउने विषयमा सम्झौता गर्नुपर्दैन । भोलि सरकारविरुद्ध अविश्वास प्रस्ताव लिएर आए पनि म डराएर सुशासनको कुरामा सम्झौता गर्दिनँ । सरकार विस्तारमा धेरै खचपच भयो भने काँग्रेसको मात्रै पनि सरकार बन्न सक्छ । पार्टीबिचमा तानातानमा फसेर सरकारका कामलाई प्रभावकारी बनाउन ध्यान नदिने भन्ने हुँदैन ।’

सरकारको गति बढेको बताउँदै उनले थप प्रष्ट पारेका छन् ,‘सरकार बन्ने बित्तिकै संसदीय समिति बने, प्रदेश निजामती कर्मचारी विधेयक संसद्मा पास हुने अवस्थामा पुगेको छ । सरकारको गति बढेको छ । संसद्लाई बिजनेस अभाव हुन नदिन म प्रतिबद्ध छु । बजेट प्रतिस्थापन विधेयक ल्याउन सबै मन्त्रालयलाई सक्रिय बनाइसकेका छौँ । मङ्सिर १३ सम्म प्रतिस्थापन विधेयक ल्याइसक्नुपर्छ । ६र७ गते टेबुल गर्ने तयारीमा सरकार छ ।’

विगतमा सङ्घीय सांसद, पार्टीको स्वार्थपूर्ति हुने गरी बजेट आएको बताउँदै मुख्यमन्त्री कार्कीले अब भौतिक विकासलाई मात्र ध्यान नदिई मानवीय विकास हुने खालको बजेट ल्याउने बताए । कस्तो बजेट ल्याउने तयारी छ रु भन्ने प्रश्नको उत्तरमा कार्की भन्छन् ,‘प्रतिस्थापन विधेयकमा सामान्य संशोधन गर्ने तयारी सरकारको छ । मानवीय विकास भनेको शिक्षा, स्वास्थ्य, कृषिमा दक्ष जनशक्ति उत्पादन गर्ने, जनतालाई समृद्ध गर्ने हो । दक्ष जनशक्तिले सरकार सञ्चालन गर्ने आधार तयार पार्छ । यस दिशामा पनि बजेटको उद्देश्य हुनुपर्छ । निजी क्षेत्रलाई सरकारकै अङ्ग ठानेर बजेट बनाउनुपर्छ । निजी क्षेत्रबिना सरकार प्रभावकारी हुन सक्दैन । वैचारिक विकास भएन भने भौतिक विकासले मात्रै समृद्धि हासिल गर्न सक्दैनौँ भनेर मानवीय विकासका लागि बजेटमा जोड दिनुपर्छ भन्ने हो ।’

अबको बजेटमा कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने उनको योजना छ । कृषि उत्पादन बढाएर देशमा खाद्य सङ्कट टार्न सहयोग पुर्‍याउने बताउँदै उनले बिघामा कृषि विशेष क्षेत्र बनाएर उत्पादन थाल्ने योजना ल्याउनुपर्ने बताए । प्राविधिक शिक्षामा जोड दिने देखी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रमा दक्ष जनशक्ति तयार गर्नु आवश्यक रहेको अन्तरवार्तामा खुलाएका छन् ।

हाल कार्कीले काँग्रेसको तर्फबाट सरकारको नेतृत्व गरिरहेका छन् । नेकपा एमालेले कार्कीलाई समर्थन गरेर मुख्यमन्त्री बनाएको हो । मुख्यमन्त्री चयन भए लगत्तै कार्कीले काँग्रेस र एमालेका दुई सांसदलाई मन्त्री चयन गरेका थिए ।

पछि सर्वदलीय सरकार गठन गर्ने योजना अनुसार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराए । अन्य दललाई सरकारमा सहभागी गराएपछि एमाले सरकार बाट बाहिरिएको थियो । अहिले पनि अन्य दलले सरकार छाडे एमाले कार्की नेतृत्वको सरकारमा सहभागी हुने लाइनमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादीको नामा हिंसात्मक गतिविधि गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार ताप्लेजुङको फुङलिङमा एमाले सचिव योगेश भट्टराईलाई लक्षित गरी भएको आक्रमणलाई लिएर एमालेले आपत्ति जनाएको हो। कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै पहिचानवादीको नाममा भएको अराजक गतिविधि प्रति खेद व्यक्त गरेका छन् । एमाले कार्यकर्ता सवार सवारी […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा सुरु भएको छ । सोमबार दिउँसो १२ः ३० मा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरु, सांसदहरु, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । बैठकमा रास्वपाको मधेश प्रदेश सभापति र महामन्त्री पनि सहभागी भएका थिए । पार्टी स्थापनायता रास्वपाको यो सबैभन्दा […]

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बने राज्य कोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने, गरेकाहरूको पनि पैसा फिर्ता गराउने बताएका छन्। सप्तरीको फत्तेपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आफूसँग पैसा हुँदा पनि उपचारका नाममा राज्यको ढुकुटीतिर आँखा लगाउने गलत परम्परा रोकिनुपर्ने बताएका हुन्। ‘देश टाट पल्टिँदा नेता टाट नपल्टिने भन्ने […]