१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

युनिलिभरले बोलायो साधारणसभा,सेयरधनीले प्रतिकित्ता १५८० रुपैयाँ लाभांश पाउने

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, मंसिर ०५, २०८०

तस्विर : फाईल

काठमाडौं । युनिलिभर नेपालले आगामी मंसिर २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले दिउँसो साढे ४ बजे होटल याक एण्ड यतीमा साधारणसभा आह्वान गरेको हो ।

साधारणसभाले सेयरधनीका लागि प्रतिकित्ता १५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

कम्पनीले घोषणा गरेको यो लाभांश हालसम्मकै उच्च हो । गत आर्थिक वर्ष २०७९/८० मा प्रतिकित्ता १२५० रुपैयाँ लाभांश दिएको कम्पनीले अघिल्लो वर्ष २०७८/७९ मा प्रतिकित्ता ६५० रुपैयाँ लाभांश दिएको थियो ।

साधारणसभाको सिलसिलामा कम्पनीले सेयरलगत किताब मंसिर १२ गतेदेखि २६ गतेसम्म बन्द रहने जनाएको छ । यसको अर्थ अघिल्लो दिन मंसिर ११ गतेसम्म कायम सेयरधनीले मात्रै घोषित प्रतिकित्ता १५८० रुपैयाँ लाभांश पाउने छन् र साधारणसभामा भाग लिन सक्नेछन् ।

सेयर बजारमा युनिलिभर सबैभन्दा महँगो कम्पनी हो । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ३९ हजार ४ सय रुपैयाँ छ । कारोबार भइहरँदा सो दिन कम्पनीको मूल्य प्रतिकित्ता ४१ हजार रुपैयाँसम्म पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । युनिलिभर नेपालले आगामी मंसिर २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले दिउँसो साढे ४ बजे होटल याक एण्ड यतीमा साधारणसभा आह्वान गरेको हो । साधारणसभाले सेयरधनीका लागि प्रतिकित्ता १५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ । कम्पनीले घोषणा गरेको यो लाभांश हालसम्मकै उच्च हो । गत आर्थिक वर्ष […]

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ […]

काठमाडौँ । भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगोले एक विशेष स्मार्टवाचमार्फत आफ्ना विमान चालकहरूको थकान वा तन्द्रा अवस्था जाँच्ने भएको छ । इन्डिगोले थकान व्यवस्थापनका प्रक्रियाहरूमा सुधार गर्न सल्लाहकारसमेत नियुक्त गर्ने योजना बनाएको रोयटर्सले जनाएको छ ।   समाचार संस्था रोयटर्सका अनुसार इन्डिगोले विद्युतीय प्रणाली र उपकरणहरू बनाउने फ्रान्सेली बहुराष्ट्रिय कम्पनी थालेस ग्रुपले विकास गरेको […]