१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

एमालेका ७ सय बढी स्वयंसेवक खटिँदैछन् भूकम्प प्रभावित क्षेत्रमा

Logo
नमो अनलाईन प्रकाशित मंगलबार, मंसिर ०५, २०८०

तस्विर : फाईल

विराटनगर । एमालेका सात सय बढी स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन्।

मंसिर १ गतेबाट नेकपा ९एमाले० सम्बद्ध मजदुर संगठन, नेपाल ट्रेड युनियन महासंघ जिफन्टको एक सय जनाको टोली खटिएका थिए।

प्रदेश र जनसंगठन गरी अहिले सात सय हाराहारी स्वयंसेवक पुगेको र उनीहरूले भूकम्पबाट भत्किएका संरचना सफा गर्ने काम गरिरहेको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए।

‘मंसिर १ गतेदेखिम जिफन्टको सय जनाको टोली खटिएको थियो। उनीहरूले भेरी नगरपालिका—१ को माथिल्लो थाप्लेबाट भग्नावशेष सफा गर्ने काम गरेको थिए,’ उनले सेतोपाटीसँग भने, ‘मजदुर संगठनको समूहले सोमबारसम्म २६ भग्नावशेष पन्छाएका छन्। उनीहरूले विशेष गरेर पुराना दरबार र व्यक्तिका भत्किएका घर पन्छाएका छन्।’

उनका अनुसार सुदूरपश्चिम प्रदेश कमिटीबाट आएका २५ जनाको समूह रूकुमको सानो भेरीमा खटिएको छ। उनीहरूले मंगलबारबाट त्यहाँ अस्थायी आवाज बनाउन थाल्ने छन्।

गण्डकी प्रदेशमा आएका २५ जनाको समूह रूकुम पश्चिमको चौरजहारी नगरपालिका खटिएको उनले जानकारी दिए। उनीहरूले पनि मंगलबारबाट अस्थायी आवास बनाउन सुरू गर्ने छन्।

ीबहmष् दबलप
कर्णाली प्रदेशअन्तर्गत सुर्खेतबाट सय जनाको समूह जाजरकोट पुगेको छ। उनीहरूले तीन वटा समूह बनाएका छन्। एउटा समूह भेरी नगरपालिका(२ को तिपेमा खटिएका उनीहरूले पनि भग्नावेशष पन्छाइरहेको आचार्यले बताए। २५ जनाको एउटा समूह भेरी नगरपालिकाकै रिम्ना र अर्को नलगाड नगरपालिका(१, चिउरीमा खटिएको छ।

एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुले उपाध्यक्ष नारायण घर्ती र महासचिव नरेश रोकायाको नेतृत्वमा एउटा समूह जाजरकोट खटाएको छ। उनीहरूले भेरी नगरपालिका(३ को पिपलडाँडामा भग्नावेशष सफा गर्ने र अस्थायी आवास बनाउने काममा खटिएका छन्।

ल्अज
िएमालेकै खेलकुद महासंघको टोली पनि जाजरकोटको रिम्ना पुगेको छ।

नेकपा ९एमाले० को सचिवालयको २५ औं बैठकले भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको थियो।

एमालेका स्वयंसेवक १५ दिन प्रभावित क्षेत्रमा खटिनेछन्। उनीहरूले एक करोड रूपैयाँ बराबरको श्रमदान गर्ने एमालेको लक्ष्य छ।

एमालेका सबै जनसंगठनले स्वयंसेवक परिचालन गर्ने र युवा संघको समूह मंसिर ७ को काठमाडौंको प्रदर्शनपछि जाजरकोट खटिने छ।

मंगलबारसम्म लुम्बिनीबाट २००, कोशीबाट २५, मधेसबाट, २५ र बागमती प्रदेशबाट ५० जनाको समूह प्रभावित क्षेत्रमा आइपुग्ने आचार्यले जानकारी दिए। प्रभावित जिल्ला ९जाजरकोट र रूकुम पश्चिम० मा ४० वटा टोली बनाएर स्वयंसेवक परिचालन गरिने उनले बताए।

अहिले खटिएका स्वयंसेवकहरू भाँडावर्तन, टेन्ट, ग्यास चुह्लोसहित प्रभावित क्षेत्र पुगेका छन्। पार्टीले उनीहरूलाई सुरक्षित तरिकाले भग्नावशेष पन्छाउन र अस्थायी आवास बनाउन निर्देशन दिएको आचार्यको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादीको नामा हिंसात्मक गतिविधि गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार ताप्लेजुङको फुङलिङमा एमाले सचिव योगेश भट्टराईलाई लक्षित गरी भएको आक्रमणलाई लिएर एमालेले आपत्ति जनाएको हो। कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै पहिचानवादीको नाममा भएको अराजक गतिविधि प्रति खेद व्यक्त गरेका छन् । एमाले कार्यकर्ता सवार सवारी […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक महोत्तरीको जलेश्वरमा सुरु भएको छ । सोमबार दिउँसो १२ः ३० मा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरु, सांसदहरु, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी छन् । बैठकमा रास्वपाको मधेश प्रदेश सभापति र महामन्त्री पनि सहभागी भएका थिए । पार्टी स्थापनायता रास्वपाको यो सबैभन्दा […]

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बने राज्य कोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने, गरेकाहरूको पनि पैसा फिर्ता गराउने बताएका छन्। सप्तरीको फत्तेपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आफूसँग पैसा हुँदा पनि उपचारका नाममा राज्यको ढुकुटीतिर आँखा लगाउने गलत परम्परा रोकिनुपर्ने बताएका हुन्। ‘देश टाट पल्टिँदा नेता टाट नपल्टिने भन्ने […]