विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी अन्तर्गत हरिनगर गाउँपालिका वडा नं. ५ को वडा अधिवेशन शनिबार सम्पन्न भएको छ।
स्थानीय नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूको उपस्थितिमा पार्टीको वडा अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनले आगामी कार्यकालका लागि पप्पु यादवको संयोजकत्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवगठित कार्यसमितिको उप–सभापतिमा सङ्गिता कुमारी मेहता, सचिवमा अमित यादव र सदस्यहरूमा रुनाल मेहता, बिजय मेहता, सुलोचना मेहता, बेदप्रकाश मेहता रहेको छ।
अधिवेशन समापनसँगै रास्वपाका स्थानीय नेता तथा शुभचिन्तकहरूले नवनिर्वाचित सम्पूर्ण टिमलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूले वडाबासीको हकहितका लागि सशक्त रूपमा आवाज उठाउने र स्थानीय जनजीविकाका सवालमा पार्टीलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।