२५ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

धरानबाट १५ सय बढी प्रतिबन्धित लागू औषधसहित अनिल भन्ने करण खड्का पक्राउ

Logo
विराटनगर न्यूज डेस्क प्रकाशित मंगलबार, जेठ २५, २०८३

तस्विर : फाईल

विराटनगर । सुनसरीको धरान उप महानगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले धरान उप महानगरपालिका वडा नं. १७ घोपा डाँडा बस्ने ३१ वर्षीय अनिल भन्ने करण खड्कालाई लागू औषधसहित पक्राउ गरेको हो।

घोपा डाँडा क्षेत्रमा लागू औषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्राविधिक अनुसन्धान टोली र अस्थायी प्रहरी चौकी जोरसखुवा धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले लागू औषधसहित पक्राउ गरेको थियो।

उक्त टोलीले खड्काको घरकोठामा खानतलासी तथा चेकजाँच गर्दा उनको कोठाबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल ६५० क्याप्सुल र कोलिबन ९४० ट्याब्लेट गरी जम्मा १ हजार ५ सय ९० पिस ट्याब्लेट र क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ।

लागू औषध बरामद भएपछि प्रहरीले खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनरीमा राखिएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

error: Content is protected !!