१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

अर्थ

युनिलिभरले बोलायो साधारणसभा,सेयरधनीले प्रतिकित्ता १५८० रुपैयाँ लाभांश पाउने

काठमाडौं । युनिलिभर नेपालले आगामी मंसिर २६ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले दिउँसो साढे ४ बजे होटल याक एण्ड यतीमा साधारणसभा आह्वान गरेको हो । साधारणसभाले सेयरधनीका लागि प्रतिकित्ता १५८० रुपैयाँ नगद लाभांश पारित गर्नेछ । कम्पनीले घोषणा गरेको यो लाभांश हालसम्मकै उच्च हो । गत आर्थिक वर्ष […]

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ […]

काठमाडौँ । भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगोले एक विशेष स्मार्टवाचमार्फत आफ्ना विमान चालकहरूको थकान वा तन्द्रा अवस्था जाँच्ने भएको छ । इन्डिगोले थकान व्यवस्थापनका प्रक्रियाहरूमा सुधार गर्न सल्लाहकारसमेत नियुक्त गर्ने योजना बनाएको रोयटर्सले जनाएको छ ।   समाचार संस्था रोयटर्सका अनुसार इन्डिगोले विद्युतीय प्रणाली र उपकरणहरू बनाउने फ्रान्सेली बहुराष्ट्रिय कम्पनी थालेस ग्रुपले विकास गरेको […]

काठमाडौँ । हालसम्म ४ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार माछापुच्छ्रे, एभरेस्ट, सानिमा र एनआईसी एसिया बैंकले लाभांश घोषणा गरेका हुन् । माछापुच्छ्रे बैंकले १३।३ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि ०।७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश वितरणका लागि […]

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ काहुँ शिवपुरमा सेती नदीमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ४३ प्रतिशत भएको छ । प्याकेज १, प्याकेज २ र प्याकेज ३ गरी ३ चरणमा वर्गीकरण गरी निर्माण कार्य हुँदै आएको आयोजनाको करिब ४०।२ प्रतिशत आर्थिक प्रगति भएको जनाइएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ काहुँ शिवपुरमा […]

हरिनगर । नेपाल लघुवित्त बैंकर्स संघ सुनसरीले शान्ति सुरक्षाको माग राख्दै सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल लघुवित्त बैंकर्स संघ सुनसरीका पदाधिकारीहरूले सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानालाई ज्ञापन पत्र बुझाएका हुन् । पछिल्लो केही समयदेखि केही व्यक्ति तथा समूहले लघुवित्त विरुद्धको संघर्ष समिति नामको समूहमार्फत संस्थाहरूको कार्यालयमा […]

देवानगञ्ज । सुनसरीको दक्षिण वर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०८० र ८१ का लागि ५५ करोड ९२ लाख ९८ हजार ९ सय रुपैयाको बजेट सार्वजनिक गरेको छ । पालिकाको १३ औँ नगरसभामा आइतवार पालिका अध्यक्ष बेचनप्रसाद मेहताले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो भने उपाध्यक्ष कुमारी विभा यादवले बजेट सार्वजनिक गर्नुभएको हो। आर्थिक […]