काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। […]