१५ फाल्गुण २०८२, शनिबार
28-02-2026 , Sat
×

विद्यालय कर्मचारी परिषद् बर्जुको नयाँ कार्यसमिति गठन

Logo
नमो अनलाईन प्रकाशित शनिबार, आश्विन २४, २०८२

तस्विर : नमो अनलाइन

बर्जु । नेपाल विद्यालय कर्मचारी परिषद् बर्जुको नयाँ कार्यसमिति चयन भएको छ।

शुक्रबार आयोजित तेस्रो गाउँपालिका अधिवेशनबाट तारानन्द चौधरी अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमितिको सर्वसम्मतिले चयन भएको हो।

“विद्यालय कर्मचारी एकता जिन्दावाद” भन्ने मूल नाराका साथ बर्जु–६ स्थित श्री चिमडी माध्यमिक विद्यालयमा आयोजित अधिवेशनको अध्यक्षता नेपाल विद्यालय कर्मचारी परिषद् बर्जु कार्य समितिका अध्यक्ष बाबुराम रायले गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्यालय कर्मचारी परिषद् सुनसरीका जिल्ला अध्यक्ष रामप्रसाद शाह थिए भने विशिष्ठ अतिथिका रूपमा देवानगञ्ज गाउँपालिका कार्य समितिका अध्यक्ष रमेश मेहता रहेका थिए।

अधिवेशनमा नेपाल शिक्षक महासंघ बर्जु कार्यसमितिका अध्यक्ष विजयकुमार चौधरी, सहअध्यक्ष तथा रामसिता माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यनारायण मेहता, सचिव भक्तबहादुर थापा मगर, प्रधानाध्यापक संघ (PAN) का अध्यक्ष पुनितलाल चौधरी, नेपाल शिक्षक संघ बर्जुका अध्यक्ष बिनोद कुमार गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष युबराज श्रेष्ठ, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष खेमराज पोखरेल, नेपाल राहत शिक्षक समिति बर्जुका अध्यक्ष श्री दिपेन्द्र चौधरी, सोही समितिका पूर्व अध्यक्ष आनन्दी कुमार चौधरी, र वाल विकास शिक्षक समिति बर्जुका अध्यक्ष सावित्री कर्ण लगायतका प्रतिष्ठित शिक्षाकर्मीहरूको उपस्थितिले कार्यक्रमलाई गरिमामय बनाएको थियो।

त्यसैगरी, नेपाल शिक्षक संघ बर्जु कार्य समितिका सचिव तथा नेपाल रा.मा.वि.का सहायक प्रधानाध्यापक श्री रङ्गराज काफ्लेको पनि विशिष्ट अतिथिका रूपमा उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रारम्भ राष्ट्रिय गानबाट गरिएको थियो। सभाध्यक्ष श्री बाबुराम रायले आफ्नो अध्यक्षीय मन्तव्यमा विद्यालय कर्मचारीहरूको हक–अधिकार र समान अवसरका लागि सबै कर्मचारी एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालय कर्मचारी परिषद् शिक्षा क्षेत्रमा समान योगदान पुर्‍याउने सबैको साझा मञ्च भएको बताउँदै, “एकताबाटै हरेक चुनौती सामना गर्न सकिन्छ,” भन्ने विश्वास व्यक्त गर्नुभयो।

मुख्य अतिथि श्री रामप्रसाद शाहले विद्यालय कर्मचारीको सशक्त संगठन निर्माणका लागि बर्जु कार्य समितिको भूमिका प्रशंसनीय रहेको बताउँदै, शिक्षा सुधारका प्रत्येक अभियानमा कर्मचारीहरूको सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो।

कार्यक्रममा विभिन्न वक्ताहरूले विद्यालय कर्मचारीका समस्या, अधिकार, सेवा–सुविधा, र संगठन सुदृढीकरणका विषयमा आ–आफ्ना विचार व्यक्त गरेका थिए। अधिवेशनमा स्थानीय विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी, समाजसेवी तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। अधिवेशनले नयाँ कार्यसमिति गठन गर्दै भावी कार्ययोजना पारित गरेको र “विद्यालय कर्मचारी एकता जिन्दावाद”को नारासहित अधिवेशन सम्पन्न गरिएको घोषणा गरिएको थियो।

error: Content is protected !!