हरिनगर । विराटनगर स्थित जुद्ध म्याच फ्याक्ट्री (सलाई उद्योग) का श्रमिक मान बहादुर गुरुङले एक दशकको पारिश्रमिक एकमुष्ट पाइन्छ भन्ने आस मारेका छैनन् । २१ वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहेका उनी बुढेसकालमा पसिनाको मूल्य कुरिरहेका छन् । तेह्रथुमबाट जागिर खान उद्योगमा पुगेका उनी २०३९ साल देखिका स्थायी कर्मचारी हुन् । २०६३ सालमा सुरेन्द्रलाल सुवालले उद्योगको अध्यक्ष […]
हेटौँडा । एक साताअघि हेटौँडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलको कोठामा युवतीको हत्या गरी फरार भएका समिर खानलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ । होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार भएका हेटौँडा उपमहानगरपालिका-४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पैठानलाई हेटौँडा उपमहानगरपालिका-५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको […]
देवानगञ्ज । पिता परमेश्वरको नाममा विभिन्न प्रलेभनमा पारी स्व धर्म धर्म त्याग्न लागाई क्रिस्चियन बनाएकाहरु पुनः सनातन धर्म हिन्दुमै फर्कन थालेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिकाका दुई हजार बढीलाइ एक कार्यक्रमको आयोजना गरी मन्त्र उच्चारणका साथ स्वधर्ममा फर्काएका छन्। देवानगञ्जका यतिका मानिसलाई विश्व हिन्दू परिषद नेपालका धार्मिक अभियन्ताहरुले पहल गरेर पुनः हिन्दू धर्ममै फर्काएका हुन् […]
सामान्यतया शिक्षक र सरकारी कर्मचारीको विदा भएको बेला के गर्नुहुन्छ ? भन्दा तपाई हाम्रो उत्तर हुन्छ, घरपरिवारसंग बस्ने, घुम्ने, रमाईलो गर्ने, बाकी केही काम सक्ने, समाजसेवा गर्ने वा गाउँका नागरिकसंग भेटघाटमा सदुपयोग गर्नुहुन्छ । तर हाम्रो यो सबै उतर गलत सावित गर्नुभएको छ बाउछोरा शिक्षक तथा वडा सचिब नायव सुब्बा । यो घटना सुनसरीको इनरुवा […]
काठमाडौं । डिजिटल वालेट ईसेवाले आफ्ना मर्चेन्टका लागि नयाँ सेवा ल्याएको छ । मर्चेन्टको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले हालै एउटै एपमा व्यक्तिगत र मर्चेन्ट अकाउन्ट लिङ्क गर्न सकिने सुविधा ल्याएको हो । यसअघि व्यवसायीले आफ्नो व्यवसायको मर्चेन्ट अकाउन्टका लागि छुट्टाछुट्टै लगइन/लगआउट गर्नुपर्ने अवस्था थियो । एउटा अकाउन्ट लगआउट नगरी अर्को अकाउन्ट लगइन गर्न नसकिने अवस्था […]
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-५, टिकाथलीमा एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटनामा परेको छ । बिहीवार विहान करिब साढे २ बजेतिर ०२९च ६७४५ नम्बरको गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई सामान्य दुर्घटनामा परेको हो । स्थानीय प्रहरीका अनुसार वडा कार्यालय नजिकैको उकालो सडकमा ब्रेकले काम नगर्दा गाडी पछाडि फर्किएर पर्खालमा ठोक्किएको थियो । चालक विशाल कट्टेल सकुशल […]
काठमाडौं । २८ वर्षीय ममता काफ्ले सम्पर्कविहीन हुनुअघि नै ३७ वर्षीय श्रीमान् नरेश भट्टले कार्यालयको कम्प्युटरबाट श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय कुर्नु पर्छ भनेर गुगल सर्च गरेको अभियोजकले अदालतमा भनेका छन् । सोमवार अदालतमा दोस्रो पटक नरेशलाई उपस्थित गराइएको थियो । त्यसबेला अभियोजकले अदालतसामु नरेश विरुद्ध उनकी श्रीमती ममतालाई बेपत्ता बनाएको र हत्या […]
काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँग लाइसेन्स नवीकरण गर्न आवश्यक रकम नै नभएको देखिएको छ । कम्पनीको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार कम्पनीसँग नियामकले भने अनुसार १९ अर्ब रुपैयाँ तत्काल तिर्ने स्रोत नै नजुट्ने देखिएको हो । सार्वजनिक रूपमा उपलब्ध एनसेलको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार कम्पनीको खातामा असोज २०८० सम्म नगद (तथा नगद सरह) […]
काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा परेको छ । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि भरतपुर लगिएको छ । बसमा आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा […]
हरिनगर । राधाकृष्ण जन्माष्टमीको अवसरमा हरिनगरको प्रसिद्ध माहाविर बजरंगवली मन्दिरबाट दोस्रो रथयात्रा निकालिने भएको छ । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । सोही बमोजिम भगवान राधा र कृष्णको मूर्तिलाई विशेष रूपमा सजाइएको रथमा राखेर नगरभरि परिक्रमा गरिनेछ। रथयात्रा हरिनगरको मुख्य मन्दिरबाट सुरु भएर नगरका प्रमुख सडकहरू हुँदै विभिन्न […]