२० जेठ २०८३, बिहिबार
04-06-2026 , Thu
×

इनरुवाको शीतल सेकुवा कर्नरबाट तास खेलिरहेका १२ जना नगदसहित पक्राउ

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, जेठ २०, २०८३

विराटनगर । सुनसरीको इनरुवाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नगद सहित नियन्त्रणमा लिएको छ।

इनरुवा नगरपालिका वडा नं. ६ स्थितमा रहेको शीतल सेकुवा कर्नरमा मानिसहरू जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

मंगलबार बेलुका खटिएको उक्त प्रहरी टोलीले जुवाको खेलबाट नगद रु. १,०१,७३५। (एक लाख एक हजार सात सय पैंतीस) र १ बुङ तास बरामद गरेको थियो। जुवाखेलबाट बरामद नगद सहित १२ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा इनरुवा नगरपालिका वडा नं. ६, का ४७ वर्षीय जुनलक राई, इनरुवा नगरपालिका वडा नं. ९, का २८ वर्षीय ताहिर साफी, इनरुवा नगरपालिका वडा नं. ६ का ६० वर्षका राम प्रसाद चौलागाई, इनरुवा ८ का ३७ वर्षीय उमेश साह हलुवाई, इनरुवा ६, का ४७ वर्षीय विनोद बोगटी, इनरुवा ६ कै शीतल सेकुवा कर्नरका सञ्चालक ५९ वर्षीय शूर बहादुर राउत, इनरुवा ८ का २९ बर्षीय नजावुल मियाँ, इनरुवा ८ कै २५ वर्षीय अमिर मियाँ, भोक्राहा नरसिंह २, का २७ बर्षीय फारुक अन्सारी, भोक्राहा नरसिंह २, कै २२ वर्षीय मफूज अन्सारी, रामधुनी नगरपालिका वडा नं. ९ का ३३ वर्षीय उमेश सदा, कोशी गाउँपालिका १ का ३४ वर्षीय बैजनाथ यदव लगायतका रहेको छ।

error: Content is protected !!