२० जेठ २०८३, बिहिबार
04-06-2026 , Thu
×

विराटनगरमा महिला खेलकुद तथा सांस्कृतिक महोत्सव हुँदै

Logo
विराटनगर न्यूज डेस्क प्रकाशित बिहिबार, जेठ २०, २०८३

विराटनगर । एलायन्स युवा क्लबले विराटनगरमा महिला खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने तयारी सुरु गरेको छ । एलायन्स युवा क्लब विराटनगर–११ ले बिहीबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी बारे जानकारी गराएको छ ।

एलायन्स युवा क्लब विराटनगरका संस्थापक अध्यक्ष बिपुल चौधरीले २०८३ असार १३ गते शनिवार विराटनगर–११ जनपथ स्थित जनपथ माध्यमिक विद्यालयको प्राङ्गणमा महोत्सव आयोजना गर्न लागेको बताए ।

घरबाट बाहिर निस्कन नपाई रहेका महिलालाई घरबाट बाहिर निकाल्ने उद्देश्यका साथ खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको अध्यक्ष चौधरीले बताए ।

खेलकुद महोत्सवमा इस्कोन विराटनगरको टिमले धार्मिक, सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको अध्यक्ष चौधरीले बताए । महोत्सवमा ८ विधाको खेललाई समावेश गरेको छ ।

२ सय भन्दा बढी महिलाहरूले महोत्सवमा सहभागिता जनाउने छन् । महोत्सवमा सहभागिता जनाउनको लागि २० रुपैयाँ दर्ता शुल्क तोकिएको छ । महोत्सवमा उत्कृष्ट खेल प्रदर्शन गर्ने महिलालाई प्रमाण–पत्र सहित आकर्षक उपहार प्रदान गरिने छ ।

error: Content is protected !!