बिराटनगर । जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरी जिल्ला अदालतको फैसलाअनुसार मुद्दा नम्बर २६-०७२-CR-०९०१ मा ११ (एघार) वर्ष कैद सजाय सुनाइएका प्रतिवादी सानु राई भन्ने विश्वजित चाम्लिङलाई पक्राउ गरिएको हो।
सुनसरी स्थित धरान उप–महानगरपालिका वडा नं. ८ बस्ने ३७ वर्षीय चाम्लिङ लामो समयदेखि फरार रहेका थिए। उनलाई मिति २०८२।१२।२६ गते राति करिब २१:३० बजेको समयमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चाम्लिङलाई आवश्यक कानुनी कारवाहीका लागि सम्मानित सुनसरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।